काठमाडौं । तिजको अवसर पारेर काठमाडौँमा सोमबार बेलुका सम्पन्न ‘मिस एन्ड मिसेस् गुरुङ २०८२’को उपाधि सुप्रिया गुरुङ र माया गुरुङले प्राप्त गरेका छन् । समारोहमा मिसेस्तर्फ फष्ट रनर अप मायादेवी गुरुङ, सेकेन्ड रनर अप गंगा गुरुङ, थर्ड रनर अप पूर्णिमा गुरुङ र फोर्थ रनर अप मुना घले घोषित भए ।
यस्तै, मिसतर्फ फस्ट रनर अप अनिता गुरुङ, सेकेन्ड रनर अप इसा गुरुङ बन्न सफल भए । कार्यक्रममा पब्लिक च्वाइस अवार्ड फुलमाया गुरुङले, मिस फोटोजेनिक अवार्ड सुमा गुरुङले, मिस ट्यालेन्ट अवार्ड अनिता गुरुङले, मिस डिसिप्लिन अवार्ड जेनिशा गुरुङले, मिस पर्सनालिटी अवार्ड सुप्रिया गुरुङले, मिस कन्फिडेन्स अवार्ड सुनिला गुरुङले पाए ।
एसके इन्टरटेन्मेन्टले आयोजना गरेको सो प्रतियोगितामा मिसेस् तर्फ नै पब्लिक च्वाइस अवार्ड मिसेसमा मुना घलेले, भ्युअर च्वाइस अवार्ड कुमारी गुरुङले, फोटोजेनिक अवार्ड मेलिना गुरुङले, पर्सनालिटी अवार्ड माया गुरुङले, इन्टेलिजेन्स अवार्ड गंगा गुरुङ र फ्रेन्डसिप अवार्ड मुना घलेले हासिल गरे ।
पूर्व अर्थ तथा परराष्ट्र मन्त्री डा. प्रकाशशरण महतले सो समारोहलाई सम्बोधन गर्दै यस्तो कार्यक्रमले महिलाहरूको व्यक्तित्व विकासमा मद्दत पुग्ने बताए । यो प्रतियोगिताको निर्णायकमा अभिनेता सरोज खनाल, गायक आनन्द कार्की, पूर्व डिआइजी डा. देउती गुरुङ, नृत्य कोरियोग्राफर केशव थापा, मेनुका राईलगायत थिए ।






