क्लब ब्रुग च्याम्पियन

ब्रसेल्स । बेल्जियन लिग आयोजकले क्लब ब्रुगलाई बेल्जियमको लिग च्याम्पियन घोषणा गरेको छ । महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को कारण स्थगित लिग रद्द गर्दै क्लब ब्रुगलाई लिग च्याम्पियन घोषणा गरिएको हो ।

क्लब ब्रुगले लिगमा दोस्रो स्थानको जेन्टसँग १५ अंकको फराकिलो अग्रता लिएको थियो । सिजन अवरुद्ध बन्नुअघि लिगमा मात्र एक चरणको खेल बाँकी थियो । क्लब ब्रुग १७औं पटक तथा पछिल्लो पाँच सिजनमा तेस्रोपटक लिग उपाधि जित्न सफल भएको हो । यससँगै क्लब ब्रुगले अर्को सिजन सोझै च्याम्पियन्स लिगलाई छनोट भएको छ ।

बैठकले वासल्यान्ड बेवरेनलाई रेलिगेसनमा परेको छ । तर, निर्णयलाई आगमी शुक्रबार बस्ने क्लबहरूको साधारण सभाले पारित गर्नुपर्नेछ ।बेल्जियन लिग रद्द भए पनि बेल्जियन कप भने हुन सक्नेछ । क्लब ब्रुग र एन्टवेर्पबीच अगस्ट पहिलो साता बेल्जियन कपको फाइनलमा खेलाउने तयारी गरिरहेको छ । फाइनल ३ अथवा ७ अगस्टमा हुन सक्ने आँकलन गरिएको छ । यसअघि फ्रान्सको लिग वान र नेदरल्यान्डको लिग पनि रद्द भइसकेको छ । तर, जर्मन बुन्डेस लिगा आजदेखि सुरु हुँदै छ ।

तपाइको प्रतिक्रिया
(Visited 307 times, 1 visits today)

epaper

ताजा समाचार

पाकिस्तानमा विद्यालयको छाना खस्दा कम्तीमा ३३ विद्यार्थी र एक शिक्षकको मृत्यु