जेनजि प्रदर्शनः बरहथवा नगरपालिकामा आगजनी सहित तोडफोड

सर्लाही । सर्लाहीको ग्रामिण बस्ती देखि सहर सम्म जेनजि प्रदर्शनकाका कारण सर्लाही तातिएको छ । सर्लाहीको मुख्य व्यपारीक ठाउँहरु त्था ग्रामिण बस्तीमा पनि बिहानै देखि युवाहरु आन्दोलन गरिरहेको छ । सर्लाहीको लालबन्दी, हरिवन, बयलबास, बरहथवा, कविलासी, मलंगवा, हरिपुर्वा, गोडैता लगायत अधिकांश ठाउँमा प्रदर्शनकारीहरुले प्रदर्शन गरेका थिए ।

यस्तै सर्लाही सदरमुकाम मलंगवामा नेकपा एमालेको कार्यलयमा प्रदर्शनकारीहरुले तोडफोड गर्नुको साथै आगजानी समेत गरेका छन । यसैक्रममा बरहथवा नगरपालिकामा पनि प्रदर्शनकारीहरुले आगजनी सहित तोडफोड गरेको छ । आक्रोशित युवाहरुले कार्यालयमा राखिएको मोटरसाइकल लगायत कार्यालय सञ्चालनको लागि राखिएको विभिन्न सामग्री पनि तोडफोड गरेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 248 times, 1 visits today)

epaper

ताजा समाचार

एमाले अठोट : 'खरानीमाथि उभिएर संविधान दिवस मनाउँदै निर्वाचन तयारीमा लाग्छौं'