अराजक तत्वले जलायो भक्तपुर स्काउट कार्यालय

भक्तपुर । जेनजीको नाममा मंगलबार भएको आन्दोलनमा अराजक तत्वले नेपाल स्काउट भक्तपुरको भवनलाई जलाएर क्षतिग्रस्त पारेको छ । “जेन जी” को नाममा भएको आन्दोलनका क्रममा अराजक तथा उच्छृङ्खल व्यक्तिहरुको घुसपैठबाट नेपाल स्काउट, स्थानीय स्काउट कार्यालय भक्तपुर नगरपालिकाको कार्यालयमा आगजनी गरी पूर्ण क्षति गरिएकोमा नेपाल स्काउट, भक्तपुरले खेद प्रकट गरेको छ ।

भक्तपुर दरबार क्षेत्रस्थित जिल्ला प्रशासन कार्यालय, बाल अदालत र महानगरीय प्रहरी परिसरको प्राङ्गणमा रहेको स्काउट जस्तो अर्न्तराष्ट्रिय स्वयंसेवी शैक्षिक अभियानसहित स्थापित सामाजिक संस्थालाई लक्षित गरी भएको आगजनी अक्षम्य रहेको विज्ञप्तिमा उल्लेख छ । आगजनीबाट भवनको भुई तल्ला पूर्णरुपमा क्षतिग्रस्त भएको छ भने कार्यालयमा भएको फर्निचर, नगद, नागरिकता फारम, टेलिफोन सेट लगायतको सामग्री जल्दा करिब १५ लाख बराबरको क्षति भएको छ ।

स्थानीय युवाहरुबाट रोक्न खोज्दा पनि अवरोध गरी उच्छृङ्खल व्यक्तिहरुबाट बेलुका करिब ८ बजे तिर आगजनी भएको स्काउट भक्तपुरले उल्लेख गरेको छ । स्थानीय स्काउट कार्यालय यस घटनाप्रति गम्भीर ध्यानाकर्षण गराउँदै ती उच्छृङ्खल तथा अराजक व्यक्तिहरुको पहिचान गरी यथाशीघ्र कार्वाही गर्न माग गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 51 times, 1 visits today)

epaper

ताजा समाचार

सिन्धुलीमा अनिश्चितकालीन कफ्यु आदेश