रास्वपाका २ जना वडा सभापतिमाथि कारबाही

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कास्कीमा आफ्ना २ वटा वडाका सभापतिहरुलाई कारबाही गरेको छ ।

गत २३ र २४ भदौमा जेन–जी आन्दोलनमा घूसपैठ गरी तोडफोड र आगजनीमा संलग्न भएको भन्दै पोखरा महानगरपालिका वडा १० का सभापति चन्द्रबहादुर थापा र मादी गाउँपालिका वडा ६ का वडा सभापति भोजराज पौडेललाई निलम्बन गरिएको हो ।

पार्टीको गण्डकीका अनुशासन आयोग प्रमुख योगेन्द्र केसीले सोमबार विज्ञप्ति जारी गरी सो कुरा जानकारी दिएका हुन् ।

विज्ञप्तिमा थापा र पौडेलले गलत गतिविधि सामाजिक सञ्जालमा सार्वजनिक गरेको हुँदा अर्को निर्णय नहुञ्जेल निलम्बन गरिएको उल्लेख छ ।

वडा १० का सभापति थापाले पोखराका मेयर धनराज आचार्यको घरमा तोडफोड र आगजनीमा संलग्न भएको फोटो तथा भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।

पौडेलले भने पोखरास्थित सिंचाइ डिभिजन कार्यालय कास्की र केही व्यक्तिका निजी भवनहरुमा तोडफोड गरेको भिडियो सार्वजनिक सार्वजनिक छ ।

तपाइको प्रतिक्रिया
(Visited 130 times, 1 visits today)

epaper

ताजा समाचार

एमाले अठोट : 'खरानीमाथि उभिएर संविधान दिवस मनाउँदै निर्वाचन तयारीमा लाग्छौं'