पर्सामा आन्दोलनबाट क्षति संरचनाको संख्यात्मक लगत खडा

वीरगन्ज । पर्साका ११ वटा सरकारी कार्यालय, ९ प्रहरीका बीट तथा चौकी र सातजना नेताका नीजि घरमा जेनजी आन्दोलनकारीको आवरणमा क्षति पु¥याएको तथ्याँक संकलन भएको छ । क्षतिग्रस्त संरचनाको संंख्यात्मत तथ्याँक अनुसार अरबौंको लागत नष्ट भएको प्रारम्भिक अनुमान गरिएको छ । तर लागतको विवरण भने पूर्ण रुपमा संकलन भई नसकेको पाइएको हो ।

मधेश प्रदेशको एक मात्र महानगरपालिका ‘वीरगन्ज’ मा नै दुईवटा नीजि सवारी सहित १८ वटा त सवारी साधन मात्र तोडफोड र आगजनीमा परी पूर्णरुपमा नष्ट भएको पर्सा प्रहरीले जनाएको छ । त्यसै गरी महानगरका मेयरको सचिवालय भवन सहित ७ वटा त भवनमा क्षति पुगेको भेटिएको छ । जसमा तीनवटा भवन त पूरै काम नलाग्ने गरी क्षति भएका छन् । यो सँगै नेपाल टेलिकम वीरगन्ज शाखा, आन्तरिक राजश्व कार्यालय वीरगन्ज, महानगरपालिकाको १० नंम्बर, १४ नम्बर, २६ नम्बर वडा कार्यालय, जिराभवानी गाउँपालिका कार्यालय, वीरगन्ज कारागार, बालसुधार गृह, पोखरिया नगरपालिका, उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जमा पनि आन्दोलनकारीले तोडफोड र आगजनी गरी क्षति पु¥याएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

नेताका घर आन्दोलनकारीको निसानामा
व्यक्तिका घर तथा संरचनाहरु तर्फ वीरगन्ज महानगर प्रमुख राजेशमान सिंह, पूर्वमन्त्रीहरु राजकुमार गुप्ता, अजय चौरसिया, प्रदीप यादव, संविधान सभा सदस्य अनिल रुंगटा, मधेश प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु राउत गद्दी र जिराभवानी गाउँपालिकाका अध्यक्ष अनोज चौधरीका नीजि घर तथा सम्पतिमा पनि आन्दोलनकारीको आवरणमा तोडफोड, लुटपाट र आगजनी भएको स्थानीय प्रहरीले जनाएको छ । तोडफोड र आगजनीबाट सबैभन्दा ठूलो क्षति वीरगन्ज महानगरपालिकामा पुगेको अवलोकनका क्रममा देखिएको पर्साका प्रमुख जिल्ला अधिकारी सुवेदीले बताए ।

यसैगरी नेताका घरहरुमा वीरगन्ज महानगरपालिकाका प्रमुख सिंह, पूर्वमन्त्रीहरु गुप्ता, चौरसिया, यादव र संविधान सभा सदस्य रुंगटाका घर कामै नलाग्ने गरी क्षतिग्रस्त भएको प्रत्यक्षदर्शीको पनि दावी छ । मधेश प्रदेशका पूर्व मन्त्री गद्दी, जिराभवानी गाउँपालिकाका अध्यक्ष चौधरीका घरमा पनि आन्दोलनकारीको नामको भीडले क्षति पु¥याएको पर्सा प्रहरीले जनाएको छ ।

तोडफोड र आगजनीमा घुसपैठ
जेनजी आन्दोलनकारीका नाममा वीरगन्ज, पर्सामा भएको आन्दोलनमा पनि केही घुसपैठ भएको प्रहरी निष्कर्ष छ । फलतः सरकारी सम्पति र व्यक्तिको नीजि सम्पतिमा पनि क्षति पुगेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको पर्साका प्रहरी उपरिक्षक गौतम मिश्रले बताए । प्रविधिको युगमा तोडफोड र आगजनी तथा लुटपाटमा को–को सरिक भए ? भन्ने सहजै पत्ता लाग्न सक्छ । प्रहरी प्रशासनले अनुसन्धानका क्रममा यता तर्फ पनि ध्यान दिएर अनुसन्धानलाई अगाडी बढाउने छ उनले भने । जेनजी आन्दोलनकारीलाई देखाएर भएका तोडफोड, आगजनी र लुटपाटमा सम्लग्न पहिचान हुने क्रम पनि जारी रहेको पर्सा प्रहरीले जनाएको छ ।

आन्दोलनका क्रममो पर्सामा रहेका प्रहरीका ईलाका प्रहरी कार्यालय सुगौली बिर्ता, प्रहरी चौकी गण्डक, प्रहरी चौकी खेस्राहा, अस्थायी प्रहरी पोष्ट घण्टाघर, शिवपार्वती, रानीघाट, इनर्वा गाउँ, सामुदायिक प्रहरी सेवा केन्द्र छपकैया, सामुदायिक प्रहरी सेवा केन्द्र ग्रिनसीटीलगायतमा क्षति पुगेको पर्साका प्रहरी नायव उपरिक्षक किशोर लम्सालले बताए । ती प्रहरी पोष्ट, चौकी र ईलाका प्रहरी कार्यालयमा प्रहरी पठाइ पुनः सेवा संचालन भइसकेको उनको भनाइ छ ।

महानगरमा मात्र करिब डेडसय करोड क्षतिको अनुमान
तोडफोड र आगजनीमा वीरगन्ज महानगरपालिकाको मात्र करिब डेड सय करोडभन्दा बढिको क्षति भएको वीरगन्ज महानगरका प्रमुख राजेशमान सिंहले बताए । आर्थिक क्षति मात्र नभई वीरगन्ज महानगरवपालिकाको कुनै पनि तथ्याँकको लगत महानगरसँग नभएको उनको भनाइ छ । कार्यालय र आफ्नो घरमा पनि आधाभन्दा बढि सामान त लुटपाट गरी आन्दोलनकारीको आवरणमा लगिएको हुन सक्ने मेयर सिंहको तर्क छ । सिसी क्यामेरा फुटेजको आधारमा खोजी गर्दै जाँदा १०–१५ ठाउँबाट केही सामान फिर्ता पनि ल्याइएको वीरगन्ज महानगरपालिकाले जनाएको छ । बाँकी सामानहरु त जलेर, तोडफोड गरेर क्षति पुगेको प्रारम्भिक अनुसन्धानका क्रममा खुल्दै गरेको पनि वीरगन्ज महानगरपालिकाका अध्यक्ष सिंहले बताए ।

भिडियो क्लिप हेरी हेरी नगर प्रहरीले पनि केही कुर्सी टेवल, पंखा, सोफा जस्ता सामान चोरी गरी लानेहरुबाट फिर्ता ल्याइरहेको नगर प्रहरीहरुले सामान देखाउँदै बताए ।

क्षतिको लागत संकलन हुँदै
नेपाल टेलिकम वीरगन्ज शाखा कार्यालय, आन्तरिक राजश्व कार्यालय, वीरगन्जको त लगतमा नै नोक्सान पुगेको ती कार्यालयहरुले जनाएका छन् । अन्य कार्यालयहरुमा पनि कुर्सी टेवल, कागजपत्र लगायत महत्वपूर्ण सामानमा क्षति पुगेको जनाइएको छ । सबै कार्यालय र व्यक्तिका घरमा पुगेको क्षतिको लगत संकलन गर्ने काम भइरहेकोले अहिले नै यति मूल्य बराबरको नोक्सान भएको अहिले नै भन्न नसकिने पर्साका प्रमुख जिल्ला अधिकारी तोय नारायण सुवेदीले जनाएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 32 times, 1 visits today)

epaper

ताजा समाचार

एमाले अठोट : 'खरानीमाथि उभिएर संविधान दिवस मनाउँदै निर्वाचन तयारीमा लाग्छौं'