पहिरोले मुहान पुरिएपछि सदरमुकाम खाँदबारीमा खानेपानी आपूर्ति ठप्प

सङ्खुवासभा । सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा पानी आपूर्ति बन्द भएको छ । गएराति बर्षासँगै आएको पहिरोले खानेपानीको मुहान पहिरोले पुरिएपछि सदरमुकाम खाँदबारीमा खानेपानी आपूर्ति अवरुद्ध भएको हो । उक्त आयोजनाबाट खाँदबारी बजारका करिब एक हजार जनाले लाभान्वित हुँदै आएका थिए ।

खाँदबारी नगरपालिका–४ महभिरस्थित गएराति बर्षासँगै आएको पहिरोले करिव ६५ मिटर जिआई पाइप बगाएपछि खाँदबारीमा पानी आपूर्ति अवरुद्ध भएको खानेपानी तथा उपभोक्ता संस्थाका अध्यक्ष दिव्यराज बरालले बताउनुभयो । पहिरोका कारण खाँदबारी बजारमा आज देखि खानेपानी वितरण ठप्प भएको छ । पहिरोले यस अघि गत भदौ ५ गते ठुलो पहिरोले मुहानको इन्टेक पुरेपछि करिव एक साता खानेपानी वितरण ठप्प भएको थियो ।

खानेपानी अवरुद्ध भएपछि तत्कालका लागि खाँदबारी नगरपालिका –७ स्थि आर्मी क्याम्प बाट रिर्जवमा रहेको ट्याङकीबाट वितरण गरिने अध्यक्ष बरालले बताउनुभयो । खानेपानी मर्मतका लागि आजैबाट टोली परिचालन गरिएको र चाडै खानेपानी आपूर्ति सुचारु गरिने खानेपानी तथा उपभोक्ता संस्थाका अध्यक्ष दिव्यराज बरालले बताउनुभयो ।

संस्थाले तत्काल आपूर्ति सहज बनाउन वैकल्पिक स्रोतको सम्भावना खोजी भइरहेको जनाएको छ । सदरमुकाम खाँदबारीमा दैनिक करिब १० लाख लिटर खपत हुने भए पनि आपूर्ति रोकिएपछि स्थानीयहरू पुराना कुवा र धारामा निर्भर भएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 14 times, 1 visits today)

epaper

ताजा समाचार

एमाले अठोट : 'खरानीमाथि उभिएर संविधान दिवस मनाउँदै निर्वाचन तयारीमा लाग्छौं'