काठमाडौं । ‘जेनजी’ पुस्ताको आन्दोलनसँगै २४ भदौ अपराह्नबाट मुलुकका चलचित्रहरू बन्द भएका थिए । शनिवारसम्म पनि मुलुकका १७२ वटै चलचित्र घर बन्द अवस्थामा रहेका छन् । देशका चलचित्र घरहरू आइतबार पनि नखोल्ने सम्बन्धित निकायले जनाएको छ ।
बिस्तारै देशको जनजीवन लयमा फर्कन थाले पनि अझै चलचित्र घर खोल्ने हिम्मत प्रदर्शकहरुले गरेका छैनन् । नयाँ सरकार गठन भएर मुलुकले अवस्था सामान्य नभएसम्म चलचित्र घर नखोल्ने प्रदर्शकहरूले बताएका छन् ।
मुलुक भरका चलचित्र घरका तथा चलचित्र वितरकको संस्था नेपाल चलचित्र संघको शनिवार बसेको बैठकले ‘जेनजी’ आन्दोलनका क्रममा ज्यान गुमाएका सबै प्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइते प्रति शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । नेपाल चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जनले शनिवार राजधानीसँग कुरा गर्दै चलचित्र घरको ’boutमा भने,‘मुलुक अझै पनि शोकको अवस्थामा रहेको र आन्दोलनको क्रममा ज्यान गुमाएकाहरूको अझै दाहसंस्कार समेत नभएको अवस्था छ । देशको अवस्था अझै तरल रहेकाले हामीले तत्काल चलचित्र घर नखोलेका हौँ ।’
नेपाल चलचित्र संघको शनिवारको बैठकले आइतबार पनि चलचित्र घरहरू नखोल्ने निर्णय गरेको अध्यक्ष महर्जनले राजधानीलाई बताए । कारण’bout उनले भने,‘केही प्रदर्शक साथीहरूले अब चलचित्र घर खोल्नेकी भनेर आज सुझाव माग्नु भएको थियो । मुलुक भर अझै शान्ति कायम हुन नसकेका कारण आइतबारको अवस्था हेरेर मात्र सोमबारबाट चलचित्र घर सञ्चालन गर्नेकी नगर्ने भन्ने निष्कर्षमा संघ पुग्ने सुझाव हामीले प्रदर्शक साथीहरूलाई दिएका छौँ ।’
यदि सोमबारबाट चलचित्र घर खुलेको खण्डमा यस अघि प्रदर्शनमा आएका चलचित्रहरू नै नियमित रूपमा देखाइने पनि अध्यक्ष महर्जनले बताएका छन् । गएको शुक्रवारबाट नयाँ चलचित्र ‘अभिमन्यु – च्याप्टर १’ रिलिज गर्ने तयारी हुँदाहुँदै ‘जेनजी’ आन्दोलनका कारण सो चलचित्रको रिलिज स्थगित गरिएको गरियो ।
यस्तै गएको शुक्रवार रिलिज भएको बलिउड चलचित्र ‘एक चतुर नारा’ पनि आन्दोलनकै कारण नेपालमा रिलिज हुन सकेन । सोही कारण अघिल्लो साता प्रदर्शन भएकै चलचित्र ‘माग्ने राजा’, ‘कोशेढुंगा’, ‘मोहर’, ‘बागी ४’, ‘रिमै’ लगायतलाई नियमित रूपमा प्रदर्शन गरिने चलचित्र वितरक करण श्रेष्ठले राजधानीलाई बताए ।
करणले अब नयाँ चलचित्र प्रदर्शन’bout भने,‘आजको बैठकमा अझै एक दुई दिनको अवस्था हेरेर मात्र चलचित्र घर खोल्ने निर्णय भएको छ । चलचित्र घर खुलेपछि बल्ल यो शुक्रवार नयाँ चलचित्र रिलिज हुने आशा हामीले गरेका छौँ ।’
शुक्रवार ३ असोजबाट रिलिज हुने नेपाली र विदेशी चलचित्र त्यो दिन रिलिज हुन्छ की हुँदैन भनेर आजै स्पष्ट नभएको पनि करणले राजधानीलाई बताए । नयाँ मन्त्री मण्डल गठनपछिको अवस्था हेरेर मात्र निर्माता तथा वितकहरुले शुक्रवार रिलिज हुने चलचित्र’bout आइतबार निर्णय लिने पनि उनले बताए ।






