नगरपालिकाले भन्यो–लुटेको सार्वजनिक सम्पति फिर्ता ल्याउ

राजविराज । जेनजीको हिंसात्मक आन्दोलनका क्रममा जिल्लामै सर्वाधिक क्षति ब्यहोरेको राजविराज नगरपालिकाले कार्यालयबाट लुटिएका र चोरी गरी लगिएका सामानहरु तुरुन्त फिर्ता गर्न अपिल गरेको छ ।

नगरपालिका कार्यालयले सोमबार एक सूचना जारी गर्दे यस्तो अपिल गरेको हो । प्रमुख प्रशासकीय अधिकृत हरिकिशोर प्रसाद चन्दवंशीद्वारा जारी सूचनामा गत मंगलबार प्रदर्शनकारीको हुलमा मिसिएका केही व्यक्तिद्वारा ल्यापटप, कम्प्युटर, ट्याव, प्रिन्टर, स्क्यानर, मनिटर, साउण्ड सिस्टम, गाडीका पार्टपुर्जा विद्युतीय उपकरण लगायतका सम्पती लुटपाट भएको उल्लेख छ ।

नगरपालिकाले आगजनी र तोडफोड संगै लुटपाट र चोरीमा संलग्न व्यक्तिहरुको फोटो र भिडियो सीसीटिभी क्यामरामा कैद भएको तथा सामाजिक सञ्जालहरु मार्फत समेत सार्वजनिक भइसकेकाले अविलम्ब लुटेर तथा चोरेर लगेका सार्वजनिक सम्पति फिर्ता ल्याउन सूचना मार्फत अपिल गरेको छ ।

कार्यवाहक नगरप्रमुख इसरत प्रवीणले जनताकै करबाट बनेका संरचना र सार्वजनिक सम्पति जलाउनु र चोरेर लानु अपराध भएको बताईन् । तोडफोड र आगजनीबाट नगरपालिकाको बारुणयन्त्र र एम्बुलेन्स देखि फोहोर मैला उठाउने टिपर र ट्याक्टर सम्म नष्ट भएको छ जसकारण विगत ६ दिन देखि फोहोर उठ्न नसक्दा नगर दुर्गन्धित बन्न थालेको छ ।

यसैबीच कार्यवाहक नगरप्रमुख परवीनको अध्यक्षतामा सोमबार सरोकारबाला निकायका प्रतिनिधि समेत राखेर बसेको बैठकले नगरक्षेत्रमा विशेष सरसफाई अभियान चलाउने निर्णय गरेको छ ।

उनले उक्त विशेष सरसफाई अभियानमा सरिक हुन सबैसंग आग्रह समेत गरेकी छिन् ।

तपाइको प्रतिक्रिया
(Visited 13 times, 1 visits today)

epaper

ताजा समाचार

एमाले अठोट : 'खरानीमाथि उभिएर संविधान दिवस मनाउँदै निर्वाचन तयारीमा लाग्छौं'