आज १ हजार रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घटेको हो ।

मंगलबार प्रतितोला २ लाख १७ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाला सुन, आज १ हजार रुपैयाँले घटेर २ लाख १६ हजार १०० रुपैयाँमा कारोबार भईरहेको छ । यस्तै, आज चाँदीको मूल्य पनि घटेकोे छ । मंगलबार प्रतितोला २५९५ रुपैयाँमा कारोबार भएको चाँदी आज घटेर २५५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

तपाइको प्रतिक्रिया
(Visited 221 times, 1 visits today)

epaper

ताजा समाचार

सुपर ओभरमा युएईसँग नेपाल पराजित, यु-१९ एसिया कपमा स्थान सुरक्षित