साना व्यवसायी खरानी, मन्त्रीका ढाडस बंगला र ‘चन्दा व्यापारी’का पसलमा

जलेर खरानी मात्र बाँकी रहेको च्यासलस्थित सोफा उद्योग नियाल्दै उद्योगमा कार्यरत एक कर्मचारी ।

काठमाडौं । नयाँ बसपार्कस्थित ल्होत्से कम्प्लेक्सभित्र मोबाइल पसल गर्ने एक जना व्यवसायी बुधबार जेनजी आन्दोलनका कारण खरानी भएको पसल हेरेर टोलाइरहेका थिए । उनी टोलाइरहेका बेला अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जामन्त्री कुलमान घिसिङ र गृहमन्त्री ओमप्रकाश अर्याल भने नयाँ बानेश्वरस्थित संसद् भवन र भैंसेपाटीस्थित मन्त्री क्वार्टर पुगेर जलेका भवन हेर्दै चुक्चुकाइरहेका थिए ।

आन्दोलन सकिएर सरकार बनेको एक साता बित्नलाग्दा दमन गर्नेमाथि कारबाही गर्ने, लुटपाट गर्नेको खोजी गर्ने विषय चर्चामा छ । तर, ल्होत्से मलजस्ता बिजनेस कम्प्लेक्सभित्र सानो लगानीमा खडा भएको व्यवसाय जलेर खरानी हुँदा उनीहरूलाई राहत र पुनःस्थापनाका लागि अर्थमन्त्रीदेखि जेनजी आन्दोलनकारीसमेत एक शब्द बोलिरहेका छैनन् ।

पुराना दलको हालिमुहालीबाट वाक्क व्यवसायी नयाँ सरकारबाट पनि आशावादी देखिएका छैनन् । उनीहरू क्षतिग्रस्त सामानको दाबी पेस गर्नेभन्दा पनि व्यावसायिक र लगानी सुरक्षामा राज्यले जिम्मेवार भएर हेरिदियोस् भन्ने चाहन्छन्

हरेक राजनीतिक आन्दोलनमा निसानामा पर्ने ठूला व्यापारिक कम्प्लेक्सदेखि ठूला व्यवसायीले बैंक ऋणको ब्याजदेखि किस्ता हुँदै करसम्ममा राज्यबाट छुट र सुविधा पाउँछन् । तर, यस्ता आन्दोलनको निसानामा परेर व्यवसाय सखाप भएका साना व्यवसायी भने कहिल्यै राज्यको नजरमा पर्दैनन् ।

‘जेनजी आन्दोलनमा क्षति व्यहोरेको व्यापारिक प्रतिष्ठान र व्यावसायिक स्थलमा नवनियुक्त मन्त्री पुगेर ढाडस दिइरहेका छन् तर करोडभन्दा तलका लगानीका व्यवसाय खरानी हु ँदा मन्त्री र राज्य संयन्त्रले एक सातासम्म कस्तो छ भनेर एकपटक पनि सोधेको छैन,’ नेपाल मोबाइल व्यवसायी महासंघका अध्यक्ष भरत भट्टराईले राजधानीसँग भने ।

उनले राज्यले साना लगानीका व्यवसायमा भएको क्षतिको मूल्यांकन गर्ने काम थाल्नसमेत ध्यान नदिएको भन्दै दुखेसो व्यक्त गरेका छन् । ‘दलका नेतालाई चन्दा दिने, कर छल्नसक्ने क्षमता राख्ने, सत्तामा जो आए पनि नजिक हुनसक्ने भाटभटेनीका मालिक मीनबहादुरलाई भेट्न मन्त्री पुगे तर हाम्रो खरानी भएको पसल हेर्न को आउँछ ?’

नयाँ बसपार्कमा भेटिएका अर्का एक कपडा व्यवसायीको दुखेसो छ । यतिसम्म कि असुरक्षाका कारण उनीहरू आफ्नो वास्तविक परिचय र क्षति भएको विवरण भन्नसमेत हिच्किचाइरहेका छन् । पुराना दलहरूको हालिमुहालीबाट वाक्क भएका व्यवसायी नयाँ सरकारबाट पनि आशावादी देखिएका छैनन् ।

उनीहरू क्षति भएका सामानको दाबी पेस गर्ने भन्दा पनि व्यावसायिक सुरक्षा र लगानी सुरक्षामा राज्यले जिम्मेवार भएर हेरिदियोस् भन्ने चाहन्छन् । ‘तर, मन्त्रीहरूका ठूला महल, ठूला व्यापारी र सरकारी संरचना केन्द्रित घरदैलो हेर्दा साना व्यवसायी’bout सोच्लान् भन्ने लाग्न छाडेको छ,’ थापाथली क्षेत्रमा खरानी भएको पसलअघि टोलाइरहेका अर्का एक साना व्यवसायी भन्छन् ।

तपाइको प्रतिक्रिया
(Visited 318 times, 1 visits today)

epaper

ताजा समाचार

देशका अधिकांश भागमा वर्षाको सम्भावना, तीन प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको जोखिम