गुण्डा नाईके रमेश बाहुनलाई १० वर्ष कैद


काठमाडौं । गुण्डा नाइके सुजन पौडेल रमेश बाहुनलाई १० वर्ष कैद र ७५ हजार रुपैयाँ जरिवाना सजायको फैसाला भएको छ ।

जिल्ला अदालत, काठमाडौंले आइतबार लागूऔषध कारोबार र हातहतियार तथा खरखजना ऐनअनुसार सजाय सुनाएको हो ।

न्यायाधीश नवराज दाहालको इजलासले उनलाई कैद र जरिवाना सजाय तोकेको काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार आनन्द श्रेष्ठले जानकारी दिए । पौडेललाई १० असार २०७१ मा कलंकीबाट प्रहरीले पक्राउ गरेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 297 times, 1 visits today)

epaper

ताजा समाचार

रास्वपा महाधिवेशन : पदाधिकारी चयन गर्नका लागि मतदान सुरु