धनगढीको जेन्जी मार्गमा हरेक शनिवार भजन किर्तन गरिने

धनगढी । कैलाीको धनगढीमा रहेको जेन्जी मार्गमा हरेक शनिवार भजन किर्तन हुने भएको छ । धनगढीका युवाहरूले हरेक शनिवार साँझ भजन किर्तन गर्ने भएका हुन् ।

धनगढी उपमहानगरपालिकाले भर्खरै भएको जेन्जी आन्दोलनको सम्मानमा पार्क चोकदेखि कभर्डहलसम्मको सडकलाई जेन्जी मार्ग नामाकरण गरेको थियो ।

उक्त मार्गमा अबदेखि हरेक शनिवार साँझ भजन किर्तन हुने भएको हो । युवाहरूमा सकारात्मक विचार जगाउन सातामा एक दिन शनिवार भजन किर्तन गर्ने युवाहरूले बताएका छन् । त्यसको सुरुवात हिजो शनिबारदेखि गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 70 times, 1 visits today)

epaper

ताजा समाचार

प्रधानमन्त्रीको सचिवालयमा तीन सल्लाहकार