सुदुरपश्चिममा बुढी पोल्ने पर्व मनाइयो

महेन्द्रनगर । सुदुरपश्चिम प्रदेशमा आज बुढी पोल्ने पर्व धुमधामका साथ मनाइँएकोछ । एक महिना अगाडी ९भाद्र संक्रान्तिका० दिन गाडिएको बुढीलाई बुधबार बेलुकी पोल्ने पौराणिक प्रचलन रहेको छ । विजय उत्सवको रुपमा मनाइने यो पर्वमा बुढी अर्थात राक्षसीे पुतनालाई पोल्ने गरिन्छ ।

हरेक वर्ष भाद्र सङ्क्रान्तिको दिन मनाइने यस पर्वलाई जनविश्वास, परम्परा र सामूहिक सहकार्यको प्रतीकका रूपमा लिने गरिन्छ । स्थानीय परम्परा अनुसार बिहानैदेखि गाउँका बालबालिकादेखि युवायुवती र वृद्धवृद्धासम्म सामूहिक रूपमा एकत्रित भई विभिन्न वनस्पति–फुर्केघाँस, तुसारो, बेल्डो, गर्ङलो, बाँस, झ्याङ तथा रुखका हाँगाबिँगाबाट ‘बुढी’ नामक पुतली तयार पारिन्छ ।

भदौ १ गतेका दिन घरको गोठ संगै रहेको मलको बिच गाडेर राखिएको सो पुतलीलाई साँझपख सामूहिक रूपमा राँको बालेर पोल्ने प्रचलन रहेको छ । द्वापर युगमा विशाक्त दुध सेवन गराई बालबालिकाहरुको ज्यान लिने गरेकी राक्षसी पुतनालाई भगवान श्री कृष्णले दुध चुसी मारेको विजयोत्सवका रुपमा बुढी पोल्ने पर्व मनाइने गरेको छ ।

पुतनाको स्वरुपमा तयार गरी सिंगारिएको बाबियोलाई बुधबार बिहान गोठबाट निकालेर दिनभरी घाममा सुकाइ साँझ दोबाटोमा लगेर जलाउने गरिन्छ । भाद्र संक्रान्तिका दिन गाडिएको बुढीलाई आज बेलुकी पोल्ने र सोही ठाउँमा काक्रा खाँदै लुतो फाल्ने प्रचलन समेत रही आएको छ ।

यो पर्वले असत्यमाथि सत्यको विजय र धार्मिक संस्कारको संरक्षण गर्ने सन्देश दिन्छ। यस पर्वमा बालबालिकादेखि वृद्धसम्मको सहभागितामा विशेष रूपमा तयार पारिएको बुढीलाई राँको बालेर सामूहिक रूपमा पोल्ने गरिन्छ। यस क्रममा गाउँलेहरूले काँक्रो चपाउँदै ‘‘थुई बुढी थुई” भन्ने चलन प्रचलित छ । भाद्र संक्रान्तिका गाडिएको बुढीलाई आज पोलेमा सुख शान्ति प्राप्त हुने जनविश्वास समेत रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 122 times, 1 visits today)

epaper

ताजा समाचार

सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल बर्खास्त