चन्दननाथ मनदिरमा ठड्याइए नयाँ लिंगा

कर्णालीको प्रसिद्ध चन्दननाथ भैरवनाथ मन्दिरमा ५२ हाते लिङ्गा ठड्याइएको छ। हरेक वर्ष घटस्थापना दिन लिंगा फेर्ने प्रचलन अनुसार चन्दननाथ भैरवनाथ मन्दिरमा ध्वजा सहित ५२ हातका लिंगा ठड्याइएको हो।

मन्दिरमा लिंगा ठड्याएपछि मात्रै जुम्लीको घरघरमा दशैंलाईऔपचारिक रुपमा स्वागत गर्ने प्रचलन रहेको छ। निकै लामा र भारी लिंगा ठड्याउन स्थानीय, प्रहरी, सशस्त्र र नेपाली सेना समेत जुटने गर्छन्।

परापुर्वकालदेखिनै चन्दननाथ भैरवनाथ मन्दिरमा चार विजय स्तम्भ सहित चार वटा पुराना लिंगा निकालेर नयाँ लिंगा ठड्याउने परम्परा रहेको छ। जुम्ला चन्दननाथ नगरपालिकाको ढाणथपला बनबाट लिंगा ल्याउने गरिन्छ। लिंगा काट्ने काम भने हरेक वर्ष ऋषि पञ्चमिमा गरिन्छ।

चन्दननाथ भैरवनाथ मन्दिरमा लिंगा गाडिसकेपछि मात्रै घर फर्केर जमरा राख्ने गरिन्छ। लिंगा काट्ने, तान्ने र ठड्याउने दिन निकै बाक्लो उपस्थिति हुने हुदा रमाइ रमाइ यी काम हरु हुने गर्दछन्।

तपाइको प्रतिक्रिया
(Visited 52 times, 1 visits today)

epaper

ताजा समाचार

दसैँमा वर्षेनी महङ्गो भाडाको मारमा हवाई यात्रु