साउदीमा २२ लाख रुपैयाँ माया मारेर घर फर्किए अलपत्र १० नेपाली

काठमाडौं । धन कमाएर घर परिवारलाई सुख दिने सपना बोकेर साउदी अरब पुगेर अलपत्र परेका ११ नेपाली मध्ये १० जनाको उद्धार गरिएको छ भने १ जना अर्को कम्पनीमा ट्रान्सफर भएका छन्। उनीहरूलाई नेपाली दूतावास रियाद र नेपाली महाबाणिज्य दूतावास जेद्दाको अथक प्रयासमा कम्पनीले बहिर्गमन भिषा र टिकेट उपलब्ध गराएको हो ।

५ महिना देखी कम्पनीले काम र तलब नपाएपछि १ महिना पहिले नेपाली सेवा समिति-यान्बु को सम्पर्कमा पुगेका थिए। कम्पनीलाई सम्पर्कमा ल्याई एक्जिट भिसा र नेपाल जाने टिकट उपलब्ध गराउन बाध्य बनाएको भए पनि पिडित १० जना नेपालीहरुले कम्पनीबाट पाउनु पर्ने ५ महिनाको तलव करिव ५९ हजार साउदी रियाल अर्थात् नेपाली रुपैया करिब २२ लाख बराबर माया मारेर नेपाल जानु पर्दा निकै दुःख लागेको उनीहरुले बताए।

नेपालीहरुको महान चाड पर्वहरू नजिकिदै आइरहेको अवस्थामा परिवार संगै बसेर चाडपर्व मनाउन पाउने गरी अलपत्र परेकाहरुलाई स्वदेश पठाउन सफल भएको नेपाली सेवा समिति–यान्बुका कार्यबहाक अध्यक्ष धन बहादुर गुरुङले जानकारी दिए।

उनीहरू काठमाडौँमा रहेको अल फराज इन्टरनेशनल ओभरसिज प्रालि मार्फत २०२३ सेप्टेम्बरमा इलाईट सपोर्टिङ कम्पनी एलएलसी, साउदी अरबमा मेसन, टि–ब्वाए र लेबरको रूपमा पठाइएको पुगेका थिए । शुरुवातमा तलब दिए पनि पछिल्लो नौ महिनादेखि आवासीय कार्ड (अकामा) नविकरण नगरिएको र ५ महिना देखि तलव नपाएर भोकभोकै अलपत्र परेका थिए।

पछिल्लो समय साउदीमा रोजगारदाता भाग्ने, काम दिए पनि समयमा तलब नदिने तथा अकामाको म्याद सकिए पनि नवीकरण नगरिदिंदा सयौ नेपाली समस्यामा परेका छन्। अकामा नहुँदा बिदाको समयमा बाहिर हिड्डुल गर्न समस्या भएको बताए। साउदी अरबका कम्पनीहरुले साउदी आवासीय अनुमतिपत्र (अकामा) नबनाइदिने तथा रिन्यु गरेका कारण त्यहाँ धेरै नेपाली कामदार गैरकानुनी रुपमा काम गर्न बाध्य छन्।

अहिले कम्पनीहरुले अकमा नबनाइदिने प्रवृत्ति बढ्दै गएको एनआरएनए साउदीले जनाएको छ । यसले गर्दा विदेशमा श्रम गर्न आएका नेपाली दाजुभाइलाई बाहिर हिडडुल गर्न समस्या उनले गरेको छ। आफूले कमाएको धेरथोर पैसा घर परिवारलाई पठाउन बन्चित हुनु पर्ने, प्रहरीले पक्राउ गरी जरिवाना गराउने लगायत धेरै समस्याबाट नेपाली कामदार पीडित हुने गरेको छ। साउदीमा विभिन्न पेशामा गरी करिव ५ लाखको हाराहारीमा नेपाली कामदार कार्यरत रहेको पाईन्छ।

तपाइको प्रतिक्रिया
(Visited 330 times, 1 visits today)

epaper

ताजा समाचार

दूरसञ्चार क्षेत्रको दिगो विकासमा जोड दिनुपर्ने सरोकारवालाको भनाइ