काठमाडौं । मोरङमा एक हजार रुपैयाँ नदिएको निहुँमा एक देवरले आफ्नै भाउजूमाथि एसिड प्रहार गरेका छन । विराटनगर महानगरपालिका–९ धोबियारीमा एक देवरले भाउजूमाथि एसिड प्रहार गरेका छन् ।
सोमबार दिउँसो २५ वर्षीय श्रवण साहले एसिड प्रहार गर्दा २२ वर्षीया भाउजु रागिनी देवी साह गम्भीर घाइते भएकी छिन् । विराटनगरस्थित न्यूरो अस्पतालमा उपचाररत उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पतालले स्रोतले जानकारी दिएको छ ।
पारिवारिक स्रोतका अनुसार, घटनाको मुख्य कारण पैसाको लेनदेन र सोही विषयमा उत्पन्न भएको विवाद थियो । पीडितका श्रीमान् सन्तोष साहले भाइ श्रवणले भाउजूसँग तीन हजार रुपैयाँ मागेका थिए । रागिनीले आफूसँग भएको दुई हजार रुपैयाँ दिएकी पनि थिइन् । तर, बाँकी एक हजार रुपैयाँ नपाएको निहुँमा विवाद चर्किएको थियो ।
मोरङ प्रहरीकी प्रवक्ता डिएसपी कोपिला चुडालले घटना’bout प्रहरीमा जानकारी आएको र एसिड प्रहार गर्ने श्रवण साहको खोजी कार्य तीव्र पारिएको जानकारी दिएकी छन ।
सम्बन्धित समाचार







