खावाको कृषि पकेट क्षेत्रमा सुन्तलाका विरुवा

भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–५ खावाको कृषि पकेट क्षेत्रमा सुन्तलाका विरुवा वितरण गरिएको छ । वडा कार्यालयले यहाँ सुन्तला खेती विस्तार गर्न किसानलाई अनुदानमा विरुवा वितरण गरेको हो ।

केराबारी र रेम्बुकमा सुन्तलाको व्यावसायिक खेती प्रवद्र्धन गर्ने उद्देश्यले किसानहरूलाई सुन्तलाको विरुवा वितरण गरिएको वडाध्यक्ष सुनिल राईले बताए ।

कृषि पकेट कार्यक्रम अन्तर्गत वडाले दुई लाख रुपैयाँ विनियोजन गरेर किसानलाई विरुवा वितरण गरेको वडाध्यक्ष राईले जानकारी दिए । वडामा भूगोल सुहाउँदो खेती प्रणालीमा जोड दिएको उनको भनाइ छ ।

‘किसानको आय वृद्धि र उत्पादन बढाउने उद्देश्यले व्यवस्थित योजनासहित अघि बढिरहेका छौँ’वडाध्यक्ष राईले भने,‘हामीले व्यावसायिक कृषिमा लाग्ने किसानहरुलाई लक्षित गरेर कृषि पकेट क्षेत्र निर्धारण गरेका छौँ। सोहि आधारमा वर्षेनी कृषिमा लगानी गरिरहेका छौँ ।’

वडाध्यक्ष राईका अनुसार ७५ प्रतिशत वडा र २५ प्रतिशत किसानको लागत साझेदारीमा विरुवा खरिद गरिएको हो ।

मागको आधारमा पहिलो चरणमा यहाँका ३६ जना किसानलाई एक हजार छ सय वटा सुन्तलाको विरुवा वितरण गरिएको छ । पकेट क्षेत्रका करिब डेढ सय किसान सुन्तला खेतीमा आबद्ध छन् । वडाले व्यावसायिक कृषि विस्तारका लागि विभिन्न उपायहरू अवलम्बन गर्दै आएको जनाएको छ ।

विगत दुई वर्षमा मझौले, चोलन्ती, खावा भञ्ज्याङ र रमिते क्षेत्रमा किवी खेती प्रवद्र्धन गर्न करिब दुई हजार किवीका विरुवा वितरण भइसकेको छ ।

सुन्तला र किवी खेतीलाई निरन्तरता दिँदै वडाले रोग नियन्त्रण औजार, औषधि, तालिम, जडीबुटी (जस्तै चिराइतो, सुतवा)तथा बीउ वितरण कार्यक्रमलाईसमेत अघि सारेको जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 54 times, 1 visits today)

epaper

ताजा समाचार

चार दिनपछि धादिङबेँसीसँगको सडक सम्पर्क पुनः स्थापित