राजविराजमा पहिलो अन्तराष्ट्रिय देव महासम्मेलन

सप्तरी । देव समुदायको प्रथम अन्तराष्ट्रिय महासम्मेलन सप्तरी सदरमुकाम राजविराजमा हुने भएको छ ।

देव जातिको उत्थान र पहिचानका लागि मुलुकको विभिन्न स्थानमा क्रियाशील ५ वटा जातिय संस्थाको संयुक्त आयोजनामा १७ असोज देखी २० असोज सम्म उक्त महासम्मेलन गर्न लागिएको हो ।

तीनदिन सम्म सञ्चालन हुने महासम्मेलनको मुख्य उद्देश्य विश्वभर छरिएर रहेका देव समुदायलाई संगठित गरी उनीहरुको आर्थिक सामाजिक राजनीतक र साँस्कृतीक पक्ष सबल बनाइ सशक्तिकरण तथा एक आपसमा सदभाव बढाउनु रहेको मुल आयोजक समितिले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिएका छन् ।

नेपालमै पहलो पटक देव समुदायको अन्तराष्ट्रिय सम्मेलन हुन लागेको भन्दै मुल आयोजक समितिका संयोजक इन्जिनियर इन्द्रनाराण देवले यसलाई भव्य र सभ्य बनाउन सबै संग पत्रकार सम्मेलन मार्फत आग्रह समेत गरे ।

पछिल्लो जनगणना अनुसार नेपालमा कुल ७ हजार ४ सय ७८ जनसंख्या रहेको देव समुदाय अल्पसंख्यक जातीमा सूचिकृत भएको बताएका उनले आफूहरु अल्पसंख्यक नभई अति अल्पसंख्यक जातिमा परेको र राज्यबाट विभेदको शिकार हुने गरेको गुनासो समेत पोखे । “हामी आफ्नो पहिचान र इतिहास स्थापित गर्न लागी परेका छौं, उनले भने– महासम्मेलनले यस विषयमा ठोस निर्णयहरु गर्नेछन् ।”

महासम्मेलनमा नेपाल र भारतका साथै विश्वका विभिन्न मुलुकमा बसोबास गर्ने देव समुदायका अगुवाहरु गरी करिब ४०० प्रतिनिधि सहभागी हुने पत्रकार सम्मेलनमा आयोजक समितिका सहसंयोजक इन्द्रकुमार देवले जानकारी दिए । यस्तो सम्मेलनले देव समुदायको उत्थान र पहिचानका साथै जिल्लाको पर्यटन विकास र आर्थिक समृद्धिमा समेत टेवा पु¥याउने उनको कथन थियो ।

देव समुदायको जातिय संगठन बागेश्वरी सेवा समिति राजविराज, भवानी सेवा समिति राजविराज, विराट देव सेवा समिति विराटनगर, देव समाज विर्तामोड र देव समाज काठमाडौंको संयुक्त आयोजनामा उक्त महासम्मेलन हुन लागेको उनले जानकारी दिए ।

तीनदिन सम्म स्थानिय वागेश्वरी मन्दिर परिसरमा चल्ने महासम्मेलनमा देव जातिको पहिचान, इतिहास निर्माण, आपसी सदभाव समन्वय, जातिय धर्म संस्कृतीको संरक्षण, जातिय आरक्षण र समाजमा व्याप्त कुरिती लगायतका विषयमा व्यापक छलफल हुने र अन्तिमदिन राजविराज घोषणापत्र जारी गरिने आयोजक समितिले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 89 times, 1 visits today)

epaper

ताजा समाचार

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा