सुदूरपश्चिमका दुई अस्पतालमा कोरोना भाइरस संक्रमितका लागि छुट्टै उपचार कक्ष

धनगढी । सुदूरपश्चिम प्रदेशका दुई जिल्लाका दुई अस्पतालमा नोबेल कोरोना भाइरसको संक्रमणबाट बच्न छुट्टै उपचार कक्ष स्गथापना गरिएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पताल र महेन्द्रनगरस्थित महाकाली अस्पतालमा नोबेल कोरोना भाइरस संक्रमितको उपचारका लागि छुट्टै कक्षको स्थापना गरिएको हो ।

कडाखालको रुघाखोकी, ज्वरोको बिरामीलाई चेकजाँचका लागि छुट्टै क्लिनिक र भाइरसको संक्रमण देखिए स्क्रिनिङ कक्षमा भर्ना गरी उपचार गरिने अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा. हेमराज पाण्डेयले बताए ।

उनका अनुसार स्क्रिनिङ कक्षको स्थापना गरी उपचारका लागि ५ बेड राखिएको छ । हालसम्म नोबेल कोरोना भाइरसका संक्रमित फेला नपरेपनि पूर्बतयारीका लागि अस्पतालभित्र छुट्टै कक्ष स्थापना गरी भाइरसको संक्रमण फैलिन नदिन सतर्कता अपनाइएको पाण्डेयले बताए । अहिले चिसोको मौसम भएकोले सामान्य रुघाखोकीका बिरामी आउनु स्वभाविक भएको बताउँदै उनले सबैलाई क्लिनिक र कक्षमा राख्न नहुने बताए ।

खुल्ला सिमानाकाका कारण भाइरसले यस प्रदेशमा जोखिम ल्याउन सक्ने भन्दै उच्च सतर्कतासँगै उपचार कक्ष स्थापना गरिएको जनाइएको छ । प्रदेशमा भाइरसको संक्रमण फैलन नदिन मन्त्रालयल र स्वास्थ्य कार्यालयले स्थानीय तहसँग समन्वय गरी सीमा नाकाहरूमा हेल्थ डेस्क सञ्चालन गर्न पनि तयार गरेको छ ।

सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्ण सुवेदीले मुख्यमन्त्रीलाई प्रदेशका सरकारी अस्पतालहरूमा तयारी योजना र प्रतिकार्य टोलीको व्यवस्था, उच्च सर्तकता तथा जनचेतनामूलक कार्यक्रम’bout मन्त्रीस्तरीय नीतिगत निर्णयका वारेमा पनि जानकारी गराएको बताए । मुख्यमन्त्रीलाई नीतिगत निर्णय’bout अवगत गराउँदै मन्त्री सुवेदीले सुदूरपश्चिम प्रदेशमा रहेको प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र, प्रदेश जनस्वास्थ्य प्रयोगशाला, प्रदेश स्वास्थ्य आपतकालिन सञ्चालन केन्द्र, स्वास्थ्य निर्देशनालय, स्थानीय तहले पूर्वतयारी र प्रवन्ध मिलाएको बताए ।

स्थानीय तहमा कोरोना भाइरस सम्बन्धी जनचेतना फैलाउने तथा प्रचारप्रसार गर्न तथा पूर्व तयारीका लागि सतर्कता अपनाउन भनिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । स्थानीय तहमा उपप्रमुख वा उपाध्यक्षको संयोजकत्वमा नोवेल कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण समिति खडा गरी प्रवद्र्धनात्मक तथा प्रतिकारात्मक जनचेतनामुलक कार्यक्रम बुहप्रतिक्षित सहकार्य तथा समन्वयमा सञ्चालन गरिरहेको मन्त्रालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 168 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सङ्घीय संसद्को बर्खे अधिवेशन शुक्रबारदेखि शुरु

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भरतपुरमा भागबन्डा टुंगियो, कांग्रेसलाई २० वटा वडा