जेनजी विद्रोहबाट विस्थापित सरकार

सामाजिक सञ्जाल आजको विश्वको मुख्य आधार हो । नेपालका करिब ७० प्रतिशत नागरिक सामाजिक सञ्जालमा आबद्ध भएका पाइन्छन् । केहीले यसलाई पेसा तथा व्यावसायिक रूपमा विकास गर्दै आयआर्जन थप शसक्त रूपमा अघि बढाउ“दै लगेको पनि देखिन्छ । सबैको प्रिय बनेको यस ‘प्लेटफर्म’लाई नेपाली कांग्रेसको समर्थन पाएको तत्कालीन केपी शर्मा ओली सरकारले बिनातयारी विभिन्न बहाना बनाएर छेकबार लगायो ।

जेनजी आन्दोलन हुने परिस्थिति अचानक नआएको उनीहरूको बुझाइ छ । उनीहरूका अनुसार राजनीतिमा संस्थागत भएको भ्रष्टाचारविरुद्ध नागरिक समाज, बुद्धिजीवी, सञ्चारमाध्यम तथा देशभित्र र बाहिर रहेका नेपालीबाट लामो समयअघिदेखि नै आवाज उठिरहेका थिए । युवायुवतीको आवाज नसुनेको सरकारको रवैयाविरुद्ध स्वदेश तथा विदेशमा समेत रहेका नेपालीको साथ पाएका जेनजीले राजनीतिक विद्रोह सडकबाट सरकारलाई चेतावनीस्वरूप काठमाडौं माइतीघर मण्डलामा २३ भदौ २०८२ का दिन जनसागर भेला हुनपुगे र २४ भदौमा सत्ताच्यूत गरिदियो ।

जेनजी आन्दोलन सफल भयो, ’cause त्यसले पुरानो सत्ता उखेलेर फ्याँकिदियो र नयाँ सत्ता स्थापना गरिदियो । पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गत २७ भदौमा प्रतिनिधिसभा विघटन गरेका थिए । प्रतिनिधिसभा विघटन गरेर आगामी २१ फागुनका लागि अर्को निर्वाचन मिति तय भएको छ ।

२०३६ देखि २०६३ सालसम्म विभिन्न राजनीतिक पार्टीका नाममा, देशी–विदेशी सल्लाहकारका नाममा नेपाली सोझा जनतामाथि गरेको अन्याय अत्याचारको एकमुष्ठ स्वरूप विस्फोट भएको भन्दा सान्दर्भिक हुन्छ । विधिको शासनमाथि राजनीतिक पार्टीहरूले ध्यान नदिएर सिद्धान्त–विचार नसमाउँदाको परिणाम हो भन्न सकिन्छ । आन्दोलनकै क्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा दिन बाध्य भए । यद्यपि, सरकारी निवासबाट सेनाको हेलिकोप्टरमार्फत भाग्न विवश हुनुप¥यो र यो नेपालका राजनीतिक पार्टीका लागि सदाका लागि अविस्मरणीय इतिहास बन्न पुग्यो ।

नयाँ सत्ताले जेनजीको आकांक्षा तथा माग सम्बोधन गरी अघि बढ्ला कि ? यथास्थितिमा रहला ? वा प्रतिक्रान्तिमा परिणत होला ? समयले देखाउने नै छ । आमूल परिवर्तन आएमा देश र जनताका लागि राम्रै हुनेछ । तर, यदि त्यो प्रतिक्रान्तिमा रूपान्तरण हुनपुग्यो भने नेपाली जनताले थप दुःखकष्ट झेल्नुका साथै राज्य तीन दशकपछाडि धकेलिने निश्चित छ । देशलाई प्रतिक्रान्तिमा पतन हुन नदिन र यथास्थितिबाट माथि उठाएर अघि बढ्नका लागि जेनजीको भावनासँग सहकार्य गर्दै अघि बढ्नसक्ने नेतृत्व चाहिन्छ । राष्ट्रप्रति उदार नवीन सोच भएको, आधुनिक प्रविधि राम्रोसँग बुझेको, नैतिक क्षमतावान् तथा भूराजनीतिक ज्ञान भएको, समाज, देश र विश्वलाई राम्रोसँग बुझ्नसक्ने क्षमता भएको, कुनै दम्भ नपालेको र जनताले पत्याउने नेता देशलाई आवश्यक छ ।

करिब ३६ घण्टामै सत्ता परिवर्तन गरी राजनीतिक दलको घुँडा टेकाउन सफल भएको यो विश्वको पहिलो घटना हुनसक्छ । यद्यपि, यस्ता आन्दोलन अहिले संसारभर अभ्यासमा छन् । गत २३ भदौमा काठमाडौंमा भएको युवा आन्दोलन त्यसकै एउटा उदाहरण हो

१३ देखि २८ वर्ष उमेरका कलिला पुस्ताले गत २३ भदौमा काठमाडौंसहित देशका विभिन्न ठाउँमा हजारौं युवा सडकमा ओर्ली सरकार तथा दलप्रतिको भ्रष्टाचारविरुद्ध र सरकारको रवैयाप्रतिको जनआक्रोश पोख्दै देशभर विद्रोह गरेको थियो । सो विद्रोहले ठूला राजनीतिक पार्टीका केही नेता नेपाली सेनाको शरणमा पुगे भने केही घर छाडी अन्यत्र भाग्न सफल भए । आन्दोलनमा करिब ७६ युवाको मृत्यु भयो । सयौं घाइते भए ।

करिब ३६ घण्टामै सत्ता परिवर्तन गरी राजनीतिक दलको घु“डा टेकाउन सफल भएको यो विश्वको पहिलो घटना हुनसक्छ । यद्यपि, यस्ता आन्दोलन अहिले संसारभर अभ्यासमा छन् । गत २३ भदौमा काठमाडौंमा भएको युवा आन्दोलन त्यसकै एउटा उदाहरण हो । विशेषगरी जुन राष्ट्रमा राजनीतिक अस्थिरता, गरिबी, बेरोजगारी, भ्रष्टाचार थेग्नै नसक्ने हुन्छ, त्यहाँको नवपुस्ताले आन्दोलनको नेतृत्व गरेको देखिन्छ । श्रीलंका, बंगलादेश, इन्डोनेसिया, फ्रान्स, भारतमा समेत नेपालमा भएको आन्दोलनको स्वरूप एकै भएको देखिएको छ ।

ऐतिहासिक धरोहर मानिएका राणाकालीन सरकारी भवन सिंहदरबार, शीतलनिवास, बालुवाटार, संसद् भवन र सर्वोच्च अदालतका साथै लिखत तथा महŒवपूर्ण दस्तावेज खरानी बनाइए । व्यापारीका निजी आवास, व्यावसायिक कारखाना, स्थानीय निकायका भवन र प्रहरी कार्यालयमा शसस्त्र हतियार तथा युनिफर्मसमेत लुटपाट गरी केही प्रहरीको हत्या गरी योजनाबद्ध रूपमा राजधानी उपत्यका क्षेत्रमा रहेका प्रायःजसो प्रहरी कार्यालयमा आगो लगाई खरानी बनाएर विद्रोहीले उपत्यका पूर्ण रूपमा कब्जामा लिएका थिए । यस विद्रोहबाट खर्बौंको क्षति भएको अनुमान गर्न सकिन्छ ।

‘हाम्राविरुद्ध देशी–विदेशी शक्तिले के–कस्ता गतिविधि तथा रणनीति बुन्दै छन्’ भन्नेसमेत हेक्का नहुने र ‘हामीबिनाको राज्य सञ्चालन कल्पना पनि गर्न सकिन्न’ भन्दै घमण्ड गर्ने प्रमुख राजनीतिक पार्टी कार्यालय भवनमा समेत आगोका ज्वाला झोस्न गई खरानी बनाइयो । जेनजीका नाममा गरिएको ध्वंसात्मक कार्यलाई लिएर कलिला बालबालिकलाई हिलो छेप्ने काम भइरहेको छ । के यो सत्य हो त ? को–कसको निर्देशन तथा संलग्नता छ ? सायद समयले देखाउने नै छ । मुलुकलाई अझै ठूला दुर्घटनातर्फ घकेल्नबाट रोक्नका लागि यही संविधानभित्र रही सबै दलका दोस्रो र तेस्रो पुस्ताका नेताले पार्टी पुनर्गठन पहल लिनुपर्नेछ र दोस्रो र तेस्रो पुस्ताका नेताले आफ्ना सभापति, अध्यक्ष, कमरेड जे भने पनि सिंहासन खाली गर्नुहोस् । तपाईंहरूबाट देशले निकास पाउ“दैन, आराम तथा अभिभावकत्व गर्नुहोस् भन्ने आँट गर्नुपर्छ । अन्यथा, यो मुलुक अफगानिस्तान, सुडान र युक्रेनजस्तो युद्धमैदान भएका विदेशी मुलुकजस्तो बन्न वा बनाउन सक्छन् । नत्र, मुलुकको भाग्य भविष्य अन्धकारमय हुनेछ भन्नेमा दुईमत नहोला †

राष्ट्र र राष्ट्रियतालाई माया गर्ने आमनागरिकले बुझ्नैपर्छ कि दलीय स्वार्थमा रुमलिएको, बारम्बार समीकरण फेर्ने र विदेशीको इसारामा चल्ने नेताका अनुहार हेरेर अब देशले निकास पाउँदैन । सबै नेपालीले अब देशको अखण्डता र राष्ट्रिय स्वाधीनता तथा एकताका लागि स्थिर र अडिग नेतृत्व माग गर्नुपर्छ र यो सोचविचार गर्ने समय नेपालीका लागि धेरै ढिला भइसक्यो । यदि समयमै बुद्धिजीवी वर्ग, नागरिक समाजका अगुवाले विचार विमर्श तथा छलफल गरिएन भने विदेशी शक्तिले नेपाली धर्तीमा ढिलोचा“डो एक दिन ‘यूएन’को नाममा सैनिक परेड खेल्ने खेलाउने र नेपालीको अस्तिŒव समाप्त हुने खतरा बढ्दै गएको देखिन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 284 times, 1 visits today)

epaper

ताजा समाचार

डीएनए परीक्षणले खुलायो बाबुको हत्यामा छोराहरुकै संलग्नता