चुलु फार इस्ट हिमालमा फहरायो सशस्त्र प्रहरी बल नेपालको झन्डा

काठमाडौं । सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) सुरज पौडेलसहित सात जना सशस्त्र प्रहरी कर्मचारीले दामोदर हिमशृंखलाअन्तर्गत पर्ने चुलु फार इस्ट हिमालको सफल आरोहण गरेका छन् ।

सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार २५ असोज बिहान ७ बजेको समयमा ६ हजार ३८ मिटर अग्लो हिमालको शिखरमा सशस्त्र प्रहरी बल नेपालको झन्डा फहराइएको हो ।

पर्वतीय उद्धारको क्षेत्रमा सशस्त्र प्रहरी बल नेपालको क्षमता अभिवृद्धि हुन्छ भन्ने विश्वासका साथ गरिएको आरोहणले पर्यटन प्रवर्धनमा कोसेढुंगासमेत साबित हुने तथा पर्वतीय उद्धार तालिम शिक्षालय मनाङमा सञ्चालन भइरहेको पर्वतीय उद्धार तालिमका लागि आवश्यक पर्ने प्रशिक्षकहरूको उत्पादनमा समेत ठूलो भूमिका निर्वाह गर्ने सशस्त्र प्रहरी बलको विश्वास रहेको छ ।

केही समयअगाडि सशस्त्र प्रहरी बल नेपालले चुलु फार इस्ट हिमाल आरोहण गर्न अनुमति खुला गर्ने प्रक्रियामा पहल गरेको थियो । त्यसको फलस्वरूप सशस्त्र प्रहरी बल नेपाललाई आरोहण गर्ने अवसर मिलेको हो ।

यसभन्दा अघि चुलु इस्ट हिमालको अनुमति लिएर चुलु फार इस्ट हिमालको आरोहण गर्ने प्रचलन थियो । सशस्त्र प्रहरी बल नेपालको यस आरोहणपश्चात् चुलु फार इस्ट हिमाल आरोहण गर्ने कानुनी हिसाबमा वैधानिकतासमेत प्राप्त गरेको छ ।

सशस्त्र प्रहरी नायब उपरीक्षक पौडेलसहित सात जना निमतेम्बा शेर्पा र सुम्बाछिरी शेर्पाको गाइड लाइन्समा फोर्टिन पिक्स एक्सपीडिसनमार्फत सो हिमाल आरोहण गरेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 72 times, 1 visits today)

epaper

ताजा समाचार

जो सुन्दरी प्रतियोगितामा ताज जितेपछि नायिका बने