जीवित रहेनन् बिपिन जोशी

काठमाडौं । इजरायली सेनाले नेपालका विपीन जोशी जीवित नरहेको पुष्टि गरेको छ। इजरायली सेनाले गाजामा हमासले बन्धक बनाएका जोशी जीवित नरहेको उनका परिवारलाई जानकारी दिएका छन् । इजरायली अधिकारी र सेनाका अधिकारीले इजरायलस्थित नेपाली दूतावास र बिपिनको परिवारलाई यो जानकारी दिएका हुन् ।

नोबेम्बर २०२३ सम्म उनी जीवित रहेको र त्यसपछि हमासले के कस्तो यातना दिएर मर्यो भन्ने जानकारी नभएको राजदूत पण्डितले बताए। उनी २ वर्षअघि हमासको अपहरणमा परेका थिए । हमासले आज जीवित बन्धक र मृतकका शव रेडक्रमार्फत इजरायललाई बुजाईरहेको छ । ७ बन्धक जीवितै रिहा भइसकेका छन् । विपिन आक्रमण हुनुभन्दा एक महिनाअघि मात्र नेपालबाट इजरायल गएका थिए।

इजरायलका लागि नेपालका राजदूत धनप्रसाद पण्डितले अहिलेसम्म उनको शवको अवस्था’bout पनि जानकारी नभएको बताए। इजरायली सेनाले राजदूत पण्डित र विपीनको परिवारलाई भिडियो कन्फ्रेन्समार्फत विपीन जीवित नरहेको जानकारी गराएको जनाएको छ। अक्टोबर २०२३ मा हमासको आक्रमणमा परी १० जना नेपाली विद्यार्थी मारिएका थिए भने बिपिनलाई हमासले बन्धक बनाएको थियो।

सम्झौताअन्तर्गत इजरायलले अझै जीवित रहेको विश्वास गर्ने गाजामा बन्दी बनाइएका २२ जना जीवित बन्दीमध्ये रिहा हुने अपेक्षा गरिएको २० जनाको सूचीमा नेपाली नागरिक विपीन जोशीको नाम समावेश छैन ।

हमासको सशस्त्र शाखाले सोमबार आफ्नो टेलिग्राम च्यानलमार्फत रिहा हुने बन्धकहरूको नामावली सार्वजनिक गरेको छ । नामावलीमा समावेश २० जना मध्ये अधिकांशलाई हमासले गाजा पट्टीका विभिन्न स्थानमा बन्दी बनाएको थियो । तीमध्ये केही सैनिक, केही नागरिक र केही विदेशी नागरिकता भएका इजरायली रहेका छन् ।

रिहा हुने बन्धकको नामहरु मतन एङ्ग्रेस्ट, गली र जिव बर्मन, एल्काना बोबोट, रोम ब्रास्लाभस्की, निम्रोद कोहेन, डेभिड र एरियल कुनियो, इभ्यातार डेभिड, गाइ गिलबोआ दलाल, म्याक्सिम हर्किन, इटन हर्न, सेगेव काल्फोन, बार कुपरस्टीन, ओमरी मिरान, एटान मोर, योसेफ हैम ओहाना, एलोन ओहेल, अविनातन ओर र मतन जाङ्गाउकर रहेका छन्।

तपाइको प्रतिक्रिया
(Visited 347 times, 1 visits today)

epaper

ताजा समाचार

फोहोर व्यवस्थापन दीगो बनाउन महानगरको नयाँ सम्झौता