निर्मलराज पौडेलको ‘झिलिमिली तिहारलाई’ गीत सार्वजनिक

काठमाडौं । तिहार सबैको घरदैलोमा आइसकेको छ । गाउँघर र सहर बजारतिर देउसी भैलोका गीत पनि घन्कन थालिसकेका छन् । यसै क्रममा गीतकार निर्मलराज पौडेलको “झिलिमिली तिहार लाई” नामक तिहारगीत सार्बजनिक भएको छ ।

गीतमा पौडेलसहित गायिका समान्ता थापा, निरज तिमल्सिना र मनिष पौडेलले स्वर दिएका छन् । वेलकम एभी प्रोडक्सनले तयार पारेको म्यूजिक भिडियोलाई मनिष पौडेलले निर्देशन गरेका छन् भने मोहित मुनालले संगीत दिएका छन् ।

गीतकार तथा गायक पौडेलले भने, “बिगत दश–पन्ध्र वर्ष अगाडि सम्म पनि तिहारको रौनक, खुसियाली को माहौल देखिने गर्दथ्यो, तर आज भोली सबै हराउदै गएको महसुस हुन थालेको छ । त्यसै कारण हाम्रा पालाका गीत, संगीत ,तथा प्रस्तुतिहरुलाई हाम्रा सन्तति हरुले पनि थाहा पाँउन्, महसुस गरुन् भन्ने उद्देश्यले गीत तयार पारेका छौं ।”

गीतमा यमपञ्चकको पाँचै दिन गरिने कर्महरु कागपुजा , कुकुर पुजा , लक्ष्मी पुजा , गाई गोरु पुजा र भाई पुजालाई पनि समेटिएको छ ।

गीतमा नेपालीहरुले तिहार मनाउने शैली, परम्परालगायतका रमाइलो सँगसँगै आर्थिक, सामाजिक र पारिवारिक विषयलाई समेटिएको छ । यसअघि पौडेलको दशैं गीत पनि सार्बजनिक भएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 33 times, 1 visits today)

epaper

ताजा समाचार

नेपाल उद्योग वाणिज्य महासंघ र भियतनाम चेम्बरबीच सहकार्य हुने