ट्रेलरमा आयो तक्मे बुढाको ‘मैझारो’

काठमाडौं । नयाँ चलचित्र ‘मैझारो’को ट्रेलर मंगलबार रिलिज गरिएको छ । विल्सन विक्रम राई (तक्मे बुढा)को लेखन तथा निर्देशनमा निर्माण भएको यो चलचित्र आगामी ७ कात्तिकबाट तिहारको अवसरमा रिलिज हुँदै छ ।

चलचित्रको ट्रेलरमा आफ्नो प्रेमको लागि एक जोडीले गरेको संघर्षको कथा प्रस्तुत छ । यो चलचित्रमा धिरज मगर, मिरुना मगर, दिया पुन, बुद्धि तामाङ, विल्सन विक्रम राई, सुनिल थापा, पुष्कर गुरुङ, अभयराज बराल, माओत्से गुरुङ, कविता आले, रजनी गुरुङ, प्रेम सुब्बा, उदय सुब्बा, अनिल सुब्बा, भूपेन्द्र लिङदेन, विशाल लिम्बु लगायतका कलाकारको अभिनय रहेको छ । यो चलचित्रमा दयाहाङ राई विशेष भूमिकामा छन् ।

यो चलचित्र पूर्वको इलाम, पाँचथर आसपासमा खिचिएको हो । यो चलचित्रमा अनमोल गुरुङ र तोरेम्पाहाङ राईको संगीत, राजेश पायल राई, झुमा लिम्बू, मेलिना राई, अस्मिता अधिकारीलगायतको स्वर रहेको छ । सौरभ लामाले छायांकन गरेको यो चलचित्र वितरण आरआर फिल्मस्ले गर्दै छ । तिहारमा रिलिज हुने बाँकी दुई चलचित्र ‘वरिष्ठ बलराम’ र ‘सोल्टिनी’सँगै तक्मे बुढाको यो चलचित्र जुध्दै छ ।

तपाइको प्रतिक्रिया
(Visited 45 times, 1 visits today)

epaper

ताजा समाचार

सुशीला सरकार चुनाव नगराउने दिशामा छ, स्वार्थ–समूहको चंगुलमा फसिसक्यो: प्रभु साह