बाल मन्दिरमा भएको ठगी प्रकरणमा आठ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बाल मन्दिरमा भएको ठगी प्रकरणमा आठ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

मुद्दा दायर गरिएकामा नेपाल बाल संगठन काठमाडौंका तत्कालीन योजना तथा छात्रवृत्ति शाखा प्रमुख ५४ वर्षीया आशा श्रेष्ठ, संगठनका तत्कालीन सचिव ५१ वर्षीय राजेन्द्रकुमार श्रेष्ठ, तत्कालीन सभापति ६२ वर्षीय ओमकृष्ण कर्माचार्य, तत्कालीन सभापति युरीकुमारी राई र तत्कालीन कोषाध्यक्ष ७४ वर्षीय दीपकदास श्रेष्ठ छन् ।

यसैगरी, तत्कालीन कोषाध्यक्ष ६० वर्षीय प्रयागराज श्रेष्ठ, तत्कालीन सभापति ६३ वर्षीय भगवान शाक्य र तत्कालीन सल्लाहकार ५६ वर्षीय रामकृष्ण चित्रकारविरुद्ध पनि मुद्दा दायर भएको छ ।

यी आठ जनाविरुद्ध मुद्दा दायर भएको भएपनि आशा श्रेष्ठ, राजेन्द्रकुमार श्रेष्ठ र ओमकृष्ण कर्माचार्य मात्रै पक्राउ गरेका छन् । बाँकी पाँच जनालाई भने फरार प्रतिवादी बनाएर मुद्दा दायर गरिएको हो ।

सीआईबीका प्रवक्ता तथा एसएसपी अनुपमशमशेर जबराले उनीहरुविरुद्ध ठगीको कसुरमा मुद्दा दर्ता भएको बताए ।

उच्च अदालतका पूर्वमुख्यन्यायाधीश हरिबाबु भट्टराईको अध्यक्षतामा गठित आयोगले २०७७ मै प्रतिवेदन बुझाएको थियो । गत चैतमा मात्रै यो प्रतिवेदन कार्यान्वय गर्ने निर्णय मन्त्रीपरिषद्ले गरेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 119 times, 1 visits today)

epaper

ताजा समाचार

ओमानमा नेपाली उत्पादनको बजार विस्तार गर्ने समझदारी