सुर्खेत । वीरेन्द्रनगरमा ६१औं अन्तर्राष्ट्रिय सेतो छडी सुरक्षा दिवस मनाइएको छ । नेपाल नेत्रहीन संघ कर्णाली प्रदेश सुर्खेतको आयोजना तथा नेपाल पत्रकार महासंघ, गैसस महासंघ कर्णाली प्रदेश र सुशासन प्रवर्धनका लागि युवा संस्थाको समन्वयमा बुधबार सेतो छडी सुरक्षा दिवस मनाइएको हो ।
नेत्रहीन संघले ¥यालीमा सहभागी सरोकारवालाई सेतो छडीको प्रयोग गर्न, सडक कति सुरक्षित छ भन्ने अनुभव लिन आँखामा पट्टी लगाएर हिँड्न लगाएको थियो । सो क्रममा मंगलगढीदेखि सुरु ¥याली आँखामा पट्टी बाँधेर सेतो छडीको सहायतामा हिँडेर पीपलचौतारा पुगेको थियो । कार्यक्रममा गैसस महासंघ कर्णाली प्रदेशका अध्यक्ष घनश्याम केसी, इन्सेक प्रदेश संयोजक नारायण सुवेदी, पत्रकार महासंघका प्रदेश सचिव अशोक राजी, दृष्टिविहीन अगुवा सोमना खड्काले वीरेन्द्रनगरका सडक दृष्टिविहीनमैत्री नभएको धारणा राखे । सडकछेउ पार्किङ र अनियन्त्रित सवारीसाधनलगायतका कारण समस्या भोग्नुपरेको उनीहरूको भनाइ थियो ।
नेपाल नेत्रहीन संघका कार्यक्रम संयोजक रीता चन्दले समाजमा दृष्टिविहीन व्यक्तिहरूले सामना गर्नुपर्ने चुनौती’bout जनतालाई सचेत गराउने र समावेशी वातावरण प्रवर्धन गर्ने उद्देश्यले दिवस मनाउन थालिएको बताइन् ।
सेतो छडी सुरक्षा दिवस दृष्टिविहीन व्यक्तिहरूका लागि स्वतन्त्रताको प्रतीकका रूपमा सेतो छडीको महŒव’bout चेतना जगाउन मनाइने वार्षिक दिवस हो । यस दिवसले दृष्टिविहीन व्यक्तिहरूको अधिकार, सुरक्षित पैदल यात्राको आवश्यकता र सबैका लागि पहुँच र सम्मानको महŒवमा जोड दिन्छ । पहिलोपटक १५ अक्टोबर १९६४ मा संयुक्त राज्य अमेरिकामा सेतो छडी सुरक्षा दिवस मनाइएको थियो भने नेपालमा सन् १९८१ देखि सेतो छडीको प्रयोग सुरु भयो । यो हरेक वर्ष १५ अक्टोबरमा मनाइन्छ ।






