काठमाडौं । पछिल्ला दिनमा थाई भाट दिनप्रतिदिन मजबुत बन्दै गएको छ ।
नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि थाई भाट एकको खरिददर चार रुपैयाँ ६८ पैसा र बिक्रीदर चार रुपैयाँ ६९ पैसा निर्धारण गरेको छ । शनिबारका लागि पनि थाई भाट एकको खरिददर चार रुपैयाँ ६८ पैसा र बिक्रीदर चार रुपैयाँ ६९ पैसा निर्धारण गरिएको थियो ।
शुक्रबार थाई भाट एकको खरिददर चार रुपैयाँ ६५ पैसा र बिक्रीदर चार रुपैयाँ ६७ पैसा रहेको थियो । बिहीबार थाई भाट एकको खरिददर चार रुपैयाँ ६२ पैसा र बिक्रीदर चार रुपैयाँ ६४ पैसा तोकिएको थियो । यस्तै, बुधबार थाई भाट एकको खरिददर चार रुपैयाँ ६२ पैसा र बिक्रीदर चार रुपैयाँ ६३ पैसा निर्धारण भएको थियो ।
राष्ट्र बैंकका अनुसार आइतबारका लागि अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८२ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४२ पैसा निर्धारण गरिएको छ । शनिबार पनि अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८२ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४२ पैसा निर्धारण गरिएको थियो । शुक्रबार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४४ पैसा निर्धारण गरिएको थियो । यस्तै बिहीबार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ९१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५१ पैसा रहेको थियो ।
आज आइतबारका लागि युरोपियन युरो एकको खरिददर १७८ रुपैयाँ ८३ पैसा र बिक्रीदर १८९ रुपैयाँ ५३ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०८ रुपैयाँ ७३ पैसा र बिक्रीदर २०९ रुपैयाँ ५५ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १९१ रुपैयाँ २३ पैसा र बिक्रीदर १९१ रुपैयाँ ९८ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ ४६ पैसा र बिक्रीदर १०९ रुपैयाँ ८९ पैसा, क्यानेडियन डलर एकको खरिददर १११ रुपैयाँ १७ पैसा र बिक्रीदर १११ रुपैयाँ ६१ पैसा, सिङ्गापुर डलर एकको खरिददर १२० रुपैयाँ ४५ पैसा र बिक्रीदर १२० रुपैयाँ ९२ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ ६४ पैसा र बिक्रीदर नौ रुपैयाँ ६७ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ७४ पैसा र बिक्रीदर २२ रुपैयाँ ८३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ७० पैसा र बिक्रीदर ४० रुपैयाँ ८६ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ९३ पैसा र बिक्रीदर ४२ रुपैयाँ ०९ पैसा कायम भएको छ ।
युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ६१ पैसा र बिक्रीदर ४१ रुपैयाँ ७७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९९ पैसा, साउथ कोरियन वन १०० को खरिददर ११ रुपैयाँ ०४ पैसा र बिक्रीदर ११ रुपैयाँ ०८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ १५ पैसा र बिक्रीदर १६ रुपैयाँ २१ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ९२ पैसा र बिक्रीदर २४ रुपैयाँ ०१ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ४९ पैसा र बिक्रीदर १९ रुपैयाँ ५७ पैसा, कुवेती दिनार एकको खरिददर ४९८ रुपैयाँ १९ पैसा र बिक्रीदर ५०० रुपैयाँ १५ पैसा, बहराइन दिनार एकको खरिददर ४०५ रुपैयाँ ३४ पैसा बिक्रीदर ४०६ रुपैयाँ ९३ पैसा, ओमनी रियाल एकको खरिददर ३९६ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३९८ रुपैयाँ ५१ पैसा रहेको छ ।
भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।
सम्बन्धित समाचार
माग बढेसँगै अण्डाको समर्थन मूल्य बढ्यो
सुन तोलामै ६ हजार ४०० रुपैयाँले बढ्यो, कतिमा भइराखेको छ आज कारोबार ?
नेपालमै बनेको विद्युतीय ‘यात्री पीटू’ स्कुटर हेर्न कारखाना पुगे अर्थमन्त्री वाग्ले, गोप्य राखियो डिजाइन
आज पनि तोलामा तीन हजार ६०० रुपैयाँले बढ्यो सुन, कतिमा भइराखेको छ कारोबार ?
३५० रुपैयाँको सामान किनेका उपभोक्ताले जिते १० लाख
गभर्नरको कार्यकाल तीन वर्षमा झारिँदै
चालु आर्थिक वर्षको पहिलो ३४ दिनमा संकलन भयो एक खर्ब रुपैयाँ राजस्व
कृषि उत्पादन वृद्धि गर्न विभिन्न बालीका उन्नत जात विकास






