पोखरा । उच्च अदालत पोखराका पूर्व कामु मुख्य न्यायाधीश डिल्लीराज आचार्यले निर्धारित मिति २१ फागुनमा चुनाव नभए मुलुकमा संवैधानिक राजतन्त्र पुनः स्थापना हुन सक्ने बताएका छन् । यदि त्यसो नभए, मुलुक गृहयुद्ध र प्रत्यक्ष वैदेशिक हस्तक्षेप हुन सक्ने उनको ठोकुवा थियो ।
नागरिक समाज कास्कीले बिहीबार आयोजना गरेको ‘वर्तमान संवैधानिक गतिरोध समाधानका उपायहरु’ विषयक अन्तरसंवाद कार्यक्रममा त्यस’bout आधारपत्र प्रस्ततु गर्दै आचार्यले सो ठोकुवा गरेका हुन् ।
सुनको अवैध पैठारी जाँजबुझ आयोगका अध्यक्षसमेत रहेका आचार्यको आधारपत्रमाथि पृथ्वीनारायण क्याम्पसका सहप्राध्यापक डा. भीमनाथ बरालले टिप्पणी गरेका थिए ।
नागरिक समाज कास्कीका अध्यक्ष नरेन्द्रमान लालचनको अध्यक्षतामा भएको कार्यक्रममा स्वतन्त्र पत्रकार संघ नेपालका संस्थापक अध्यक्ष कृष्णप्रसाद बास्तोला, मानवअधिकारकर्मी खगराज आचार्य, साहित्यकार दुर्गाबहादुर शाह ‘बाबा’ इन्जिनियर किसान गुरूङ, पूर्वसैनिक इन्द्रबहादुर गुरूङ, डा. रामजी शर्मा, अधिवक्ताहरु बिबि विष्ट, गीता लामिछानेलगायतले आ–आफ्नो राय राखेका थिए ।
नागरिक समाज कास्कीका संस्थापक संयोजक एवं अधिकारकर्मी रामबहादुर पौडेलले स्वागत गर्दै समाजले समसामयिक विषयमा यसखालका बहस तथा समाजका विकृति, विसंगतिविरुद्ध सचेतना कार्यक्रमसमेत गर्दै आएको बताए ।
सो अवसरमा संवैधानिक गतिरोध–राजनीतिक संकट समाधानका उपाय’bout सहभागीको मत सर्वेक्षण गरिएको थियो । सर्वेक्षणमा भाग लिएका ६० जनामध्ये ७३ प्रतिशतले समन्वयकारी मार्ग अवलम्बन गर्नुपर्नेमा जोड दिए । संवैधानिक उपचार, यथास्थितिवादी, प्रतिरोध, क्रान्तिकारी र वैकल्पिक मार्गसमेत सो मत सर्वेक्षणमा राखिएकोमा ७३ प्रतिशतले समन्वयकारी मार्ग रोजेको पत्रकार प्रकाश ढकालले नतिजा सुनाए ।






