पार्टी एकतावारे अलमलमा प्रचण्ड, नेपाल र विप्लव

काठमाडौं । समाजवादी मोर्चामा रहेका चार दलका बीचमा पार्टी एकीकरण परपर धकेलिँदै गएको छ । पार्टीभित्रको आन्तरिक कलह र नेताहरूको अलमलले पार्टी एकीकरण धकेल्दिै गएको हो ।

समाजवादी मोर्चामा रहेका नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), महेन्द्रराय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबीचमा पार्टी एकताका लागि शीर्ष नेताहरूले छलफल गर्दैआएका थिए ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेसपा अध्यक्ष महेन्द्रराय यादव, नेकपाका महासचिव विप्लवसहितका शीर्ष नेताहरूका साथै पार्टीद्वारा गठित वार्ता समितिले पार्टी एकता’boutमा छलफल गर्दै आएका छन् ।

कात्तिक मसान्तभित्रमा पार्टी एकता नभए विशेष महाधिवेशनको आन्तरिक तयारीमा जुट्ने माओवादी केन्द्रका संयोजक प्रचण्डले आफूनिकट नेताहरूलाई जानकारी गराएका छन् । पार्टी एकताका लागि छलफल जारी रहेको बताउँदै उनले मंसिरमा पार्टीको विशेष महाधिवेशन गर्नुपर्ने भएकाले धेरै समय कुर्न नसकिने जनाएका छन् ।

‘मंसिरमा विशेष महाधिवेशन गर्नुपर्नेछ, त्यसको तयारी गर्नुपर्छ, पार्टी एकताका लागि छलफल चलिरहेको छ, कात्तिकभित्रमा पार्टी एकता नहुने अवस्था आए विशेष महाधिवेशन सम्पन्न गर्नुपर्छ,’ प्रचण्ड निकट एक नेताले भने, ‘तलदेखि माथिसम्म निर्वाचन गर्दै नेतृत्व छान्नुपर्ने भएकाले धेरै कुर्न सकिँदैन, यदि पार्टी एकता भयो भने हामी एकताको महाधिवेशनमा जानुपर्ने हुन्छ ।’

पार्टी एकताका लागि अन्तिम गृहकार्य भइरहेको तर एकीकृत समाजवादीमा तत्काल एकता गर्न नहुने मत बलियो हुन थालेपछि प्रचण्डले केही समय मात्रै पर्खिन सकिने जनाएका छन् । तर, प्रचण्डले भनेजस्तै एकीकृत समाजवादीमा मात्रै नभई माओवादी केन्द्रमा समेत आन्तरिक किचलो छ ।

एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल, माओवादी केन्द्रका नेता जनार्दन शर्मासहितका नेता छुट्टै दल गठन गर्ने चेतावनीसहित पार्टी एकताको विरोधमा उत्रिएका छन् । विप्लवले भने कहिले खनाल, भुसाल, शर्मासँगको समूहसँग त कहिले प्रचण्ड, नेपालसहितका नेताहरूसँग छलफल गर्दै आएका छन् । खनाल, भुसालसहितका नेताहरू पार्टी एकताको विपक्षमा रहेका छन् । त्यसकारण अध्यक्ष नेपाल अलमलमा परेका छन् ।

आगामी १२, १३ र १४ कात्तिकमा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दै छ । हालै सचिवालय, स्थायी कमिटी बैठक सम्पन्न गरेको एकीकृत समाजवादीले पार्टी एकताको गृहकार्यलाई निष्कर्षमा पु¥याउन अध्यक्ष नेपालले निर्देशन दिएका थिए ।

एकीकृत समाजवादीकी नेतृ दिलु पन्तले पार्टीको केन्द्रीय कमिटी बैठकले पार्टी एकताका ’boutमा ठोस निर्णय गर्ने जनाएकी छन् । ‘केन्द्रीय कमिटीको बैठकले पार्टी एकता’bout निर्णय गर्छ, पार्टीका बहुसंख्यक नेताहरू पार्टी एकताकै पक्षमा भएको तर केही नेताले विभिन्न कारण देखाउँदै एकता गर्न नहुने मत राख्दै आएकाले बैठकले त्यस’boutमा ठोस निष्कर्षमा पु¥याउँछ,’ एकीकृत समाजवादीकी नेतृ पन्तले राजधानीसँग भनिन् ।

तपाइको प्रतिक्रिया
(Visited 199 times, 1 visits today)

epaper

ताजा समाचार

कुश्मीको जीवन, पूरा भयो आफ्नै घरको सपना