भाइटिकापछि ५ हजार बढी पर्यटक दोलखामा

दोलखा । संसारकै उच्च स्थानमा रहेको भगवतीको मन्दिर कालीञ्चोकमा तिहारको भाइटीका सकिएको पहिलो र दोस्रो दिन २ हजार २३४ को सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक भित्रिएका छन। धार्मिक तथा पर्यटकीय स्थल कालिञ्चोक, भीमेश्वर,शैलुङ्ग जिरी र च्छोरोल्पामा एकैदिन ५ हजार ३८४ पर्यटक भित्रिएका हुन।

तिहारको भाइटीका सकिएको पहिलो दिन अरनिको सडकमार्ग हुँदै कालिञ्चोक, भीमेश्वर,शैलुङ्ग जिरी र च्छोरोल्पामा सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक गरी एकैदिन ५ हजार ३८४ पर्यटक भित्रिएको प्रहरी निरिक्षक श्रीराम तिमल्सिनाले जानकारी दिए।

तिहारलगत्तै शुक्रबार अरनिको राजमार्गमा यात्रुवाहक सवारीसाधनको लस्कर देख्दा सुन्दर दोलखाको रमणीय प्राकृतिक सौन्दर्यता अवलोकन गर्न तिहार पर्वलगत्तै यहाँ पर्यटक आवागमन ह्वात्तै बढेको जिल्ला प्रहरी कार्यालयका निमित्त कार्यालय प्रमुख तिमल्सिना बताए ।

शुक्रबार र शनिबार दुई दिन सय यात्रुवाहक सवारीसाधन र करिव ४ सयवटा मोटरसाईकल दोलखा भित्रीएको जिल्ला ट्राफिक कार्यालय दोलखा प्रमुख प्रहरी सहायक निरीक्षक ठाकुर भट्टराईले जानकारी दिए। यस बर्ष धेरै नै आन्तरिक तथा बाह्य पर्यटक दोलखामा भित्रिएका छन् भट्टराईले भने ‘चालु आर्थिक वर्षको साउनदेखि असोजसम्म ३० हजार पर्यटक भित्रिएका छन अब सिजन सुरु भयो ।’

तिहारलगत्तै दोलखन धार्मिक स्थल तथा पर्यटकि स्थान दर्शनार्थी तथा पर्यटकको सङ्ख्या अत्यधिक रुपमा वृद्धि भइरहेको शुक्रबार बिहानैदेखि मन्दिरमा दर्शनार्थीको सहजताका लागि सुरक्षा निगरानी र लाइनबद्ध गराउन सुरक्षा निकायसँगै स्वंयसेवक खटाइएको दोलखा उद्योग बाणिज्य संघ दोलखाका अध्यक्ष ईन्द्र श्रेष्ठले बताए ।

चिसो बढेकाले हाइअल्टिच्युड हुने सम्भावनालाई मध्यनजर गर्दै स्वास्थ्यकर्मी र तयारी अवस्थामा राखेर दर्शनकार्यमा सहजीकरण गरिएको श्रेष्ठले जानकारी दिए । ले बताए। कालिञ्चोक भगवती मन्दिर, भिमेश्वर मन्दिर मा चारैतर्फ सीसी क्यामेरा जडान गरिएकाले दर्शनार्थी सुरक्षाका लागि कुनै समस्या हुने छैन दोलखा प्रमुख जिल्ला अधिकारी भोला दहालले भने ।

आन्तरिक पर्यटकको चापले ट्राफिक व्यवस्थापनमा केही समस्या परेको पनि समस्याको समधान स्थानीय प्रशानले गरेको दहालले जानकारी दिए।

सयौँ सवारीसाधन र हजारौं पर्यटकलाई दोलखाका करिव २ सय ५० होटलहरूले सहजरूपमा ब्यवस्थापन गरेका छन।दोलखाको कुरी,चरिकोट ,दोलखा ,जिरी र शैलुङमा करिव १५ वटा दुई तारे होटल स्तरका सेवा प्रदान गर्ने होटलहरू रहेको चेम्बर अफ कर्मश दोलखाका अध्यक्ष रूद्रजंग बुढाथोकीले बताए ।

होटलले पर्यटकलाई सरल सहजरूपमा चित्त बुझाएर खाना बस्नको ब्यवस्था गरेको कुरि बजारका व्यवसायी सुनपाति होटलका संचालक हरि ओली जानकारी दिए । समय सापेक्ष मूल्य राखी मुल्यसुची अनुरूप नै होटल व्यवसायीले पर्यटकको सेवा गरेको ओलीले बताए ।

चाडपर्वका बेला दोलखा जिल्लामा घुमफिर गर्ने महत्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थलका रुपमा विकास भएकै कारण पर्यटकको सङ्ख्यामा अकल्पनीय रुपमा वृद्धि हुँदै जान थालेको समाजसेवी युवा राजेश थापाको भनाइ छ ।

विशेष चाडपर्वमा पारिवारिक भ्रमण, स्कुल तथा कलेजका विद्यार्थी, कर्मचारी र विदेशबाट चाडपर्व मान्न स्वदेश फर्किएका नेपालीहरू पवित्र स्थल दोलखामा आउने गरेकाछन थापाले भने दसैँ तिहार र छठ पर्वमा लामो सरकारी बिदा पर्ने भएकाले युवापुस्ताको घुमफिरको केन्द्र पर्यटकीय नगरी दोलखा बन्न थालेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 22 times, 1 visits today)

epaper

ताजा समाचार

जेनजी आन्दोलनका हत्यारा, भ्रष्टाचारी र षड्यन्त्रकारीलाई कारबाही नगर्नु दुर्भाग्यपूर्ण : प्रभु साह