सूर्यज्योति लाइफद्वारा ‘भौतिक पूर्वाधार पुनर्निमाण कोष’ मा १ करोड ५० लाख रुपैयाँ सहयोग

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत भौतिक पूर्वाधार पुनर्निमाण कोष’ मा १ करोड ५० लाख रुपैयाँ सहयोग गरेको छ । कम्पनीका संचालक चुडामणि देवकोटा तथा प्रमुख कार्यकारी अधिकृत प्रकाश बिक्रम खत्रीले अर्थमन्त्री रामेश्वर खनालसमक्ष चेक हस्तान्तरण गरे ।

यहि भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनको क्रममा राजधानी लगायत देशै भरीका सार्वजनिक तथा सरकारी भौतिक संरचनामा आगजनी र तोडफोड भई ठूलो क्षति भएको भएको छ ।

सार्वजनिक तथा सरकारी भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरुत्थान र राहत लगायतका कार्यका लागि नेपाल सरकारले स्थापना गरेको ‘भौतिक पूर्वाधार पुनर्निमाण कोष’ मा योगदान गरी राष्ट्र पुनर्निर्माणको अभियानमा सहयोग गरेको हो ।

तपाइको प्रतिक्रिया
(Visited 27 times, 1 visits today)

epaper

ताजा समाचार

नेपाल उद्योग वाणिज्य महासंघ र भियतनाम चेम्बरबीच सहकार्य हुने