सुन तोलामा ११ हजार ६ सयले घट्यो

काठमाडौँ । नेपाली बजारमा आइतवार सुनचाँदीको मूल्य घटेको छ। आज सुन तोलाको ११ हजार ६ सय रुपैयाँले घटेर तोलाको २ लाख ४१ हजार ९ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि कार्तिक ३ गते सोमबार सुन तोलाको २ लाख ५३ हजार ५ सयमा कारोबार भएको थियो। यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार आज चाँदी तोलाको २ सय ६५ रुपैयाँले घटेर ३ हजार १५ रुपैयाँमा कारोबार भइरहेको छ।

तपाइको प्रतिक्रिया
(Visited 687 times, 1 visits today)

epaper

ताजा समाचार

रमेश गुप्ता मेमोरियल ट्रस्टद्वारा भक्तपुर क्यान्सर अस्पताललाई विद्युतीय आईसीयू बेड