काठमाडौं । नयाँ मन्त्रीका लागि सिफारिस भएका ४ जना मन्त्रीमध्ये दुई जनाको मात्रै आज शपथ हुने भएको छ । सिफारिस भएका चारमध्ये खगेन्द्र सुनार र गणपतिलाल श्रेष्ठको शपथ आज नहुने भएको हो ।
बब्लु गुप्ता र सुधा शर्मा गौतमको भने शपथ हुने भएको छ । सुनारलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा र श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी दिनेगरी राष्ट्रपतिसमक्ष सिफारिस गरिएको थियो ।
सुनारको नाममा चौतर्फी विवाद भएपछि प्रधानमन्त्री सुशीला कार्कीले थप छलफल गरेकी थिइन् । छलफलपछि सुनारसहित श्रेष्ठको पनि शपथ रोकिएको हो । राष्ट्रपति कार्यालयले आज दिउँसो साढे २ बजेका लागि शपथ ग्रहण कार्यक्रम तय गरेको थियो । तर, सिफारिस भएका मन्त्रीको नाममा विवाद आएपछि शपथ कार्यक्रम पर धकेलिएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 245 times, 1 visits today)











