नेपालगञ्ज । बाँके लागु औषध कारोबारीका लागि ट्रान्जिट बन्दै गएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार लागू औषध कारोवारसम्बन्धी कसुरमा चालु आर्थिक वर्षको पहिलो २ महिनामै २ जना भारतीय नागरिकसहित ४० जना प्रक्राउ परेका छन् ।
प्रहरीले उनीहरुका साथबाट विभिन्न मिति र फरक–फरक स्थानबाट ५ सय ५ ग्राम ७ सय ६० मिलिग्राम ब्राउन सुगर, गाँजा ५ किलो, कोरेक्स २ सय मिलि लिटर, नाईट्रोजेपाम १ हजार १ सय ४ टेब्लेट ट्रामाडोल ७ सय ४६ क्याप्सुल समेत बरामद गरेको जनाएको छ । बाँके प्रहरीका अनुसार यो संख्या आगामी दिनमा अँझ बढ्ने आँकलन गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९–८० मा लागु औषध कारोबारका १ सय ५७ मुद्दामा संलग्न २ सय ३६ जना पक्राउ परेको, २०८०–८१ मा १ सय ७७ मुद्दामा २ सय ६४ जना पक्राउ परेका छन् । आर्थिक बर्ष २०८१–८२ मा भने मुद्दा दर्ताको संख्या २ सय १३ पुग्दा सो कारोवार गरेको अभियोगमा ३ सय १९ पक्राउ परेको उल्लेख छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख तथा प्रहरी उपरिक्षक अंगुर जिसिका अनुसार आर्थिक वर्ष २०७९–८० मा ८ सय ८२ ग्राम २२ मिलिग्राम ब्राउन सुगर बरामद गरेको बाँके प्रहरीले ८०–८१ मा ९ सय १५ ग्राम ८ सय १५ मिलिग्राम बरामद ग¥यो । तर, आ.व. ८१–८२ मा भने त्यसको ३ गुण भन्दा धेरै ३ किलो ४ ग्राम ६ सय ९० मिलिग्राम ब्राउन सुगर बरामद ग¥यो । चालु आ.व.को भदौ मसान्त सम्म बाँके प्रहरीले ५ सय ५ ग्राम ७ सय ६० मिलिग्राम ब्राउन सुगर बरामद गर्न सफल भएको छ ।
यसैगरी आर्थिक वर्ष २०७९–८० मा ६ किलो ८ सय ९५ ग्राम गाँजा र नाइट्राजेपाम १ हजार ३ सय २० ट्याब्लेट बरामद गरेको थियो । २०८०–८१ मा १६ किलो १ सय २३ ग्राम चरेस, १५ किलो १ सय १३ ग्राम अफिम, ५ केजी ८ सय ६८ ग्राम गाँजा, ३ लिटर ३ सय मिलिलिटर कोरेक्स बरामद भएको थियो भने ८ सय १२ ट्याब्लेट नाइट्रोजेपाम बरामद भएको थियो ।
बाँके प्रहरीले आव. ०८१–८२ मा भने ८ किलो २ सय २४ ग्राम चरेस, १ सय १३ किलो २ सय ५० ग्राम गाँजा, ७ लिटर ३ सय मिलिटर कोरेक्स, ३ हजार ६ सय १३ नाइट्रोजेपाम ट्याब्लेट, ५ हजार ३ सय ४८ क्याप्सुल ट्रामाडोल बरामद गरेको थियो ।
बाँके प्रहरी प्रमुख जिसिका अनुसार बाँकेमा लागुऔषध कारोबारमा भारतीयको समेत संलग्नता रहेको प्रहरीको तीन वर्षे तथ्याङ्कले देखाएको बताए उनले आर्थिक वर्ष २०७९–८० मा ८ जना, २०८०–८१ मा १२ जना, २०८१–८२ मा ११ जना र चालु आर्थिक वर्षमा २ जना भारतीय नागरिक लागुऔषध कारोबारमा मुद्दामा पक्राउ परेका छन् ।
खुला सिमानाका कारण लागू औषधका कारोबारी तथा सीमापारीको भारतीय बजारबाट सजिलै किनेर नेपालगञ्जको जमुनाह नाका वा आसपासबाट नेपाल भित्र्याउदै काठमाण्डौ, तथा कर्णालीका विभिन्न जिल्लामा लैजाने गरेको पाईएको विभिन्न अनुसंन्धानले देखाएको छ ।
सम्बन्धित समाचार
कुटपिटबाट बृद्धा महिलाको ज्यान गयो
आन्दोलनले ध्वस्त भएको प्रहरी कार्यालय ३८ दिनमा पुनः निर्माण गरी हस्तान्तरण
योग र आयुर्वेदको मद्दतले नै नसर्ने रोगमाथि विजय पाउन सकिने दाबी
पोखरामा ४ दिनमा जुवाखालबाट २७ जना पक्राउ, ९ लाख बरामद
उपचार खर्च नहुँदा सुत्केरीको बिचल्ली
२ प्रहरी हत्याको कसुरमा थप ५ जना पक्राउ
१० खर्ब अपचलनका अभियुक्त भट्टलाई सरकारकै दबाबमा उन्मुक्ति प्रयास






