कुटपिटबाट बृद्धा महिलाको ज्यान गयो

पाल्पा । पाल्पामा गएराती एक जना बृद्धा महिलाको कुटपिटबाट ज्यान गएको छ । माथागढी गाउँपालिका ४ देवगरीका ७६ बर्षिया फुलमाया जिसीको उनको घरमै कुटपटिबाट ज्यान गएको हो । उनका श्रीमान् ८२ बर्षिय प्रेम बहादुर जिसी गम्भीर घाइते भएका छन् ।

घाइते जिसीको बयानको आधारमा कुटपिटमा संलग्न भएको आरोपमा माथागढी ४ झडेवा बस्ने ३७ बषिय मिनबहादुर विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी टोलीले बिकलाई उनलाई घरमा लुकेको अवस्थामा पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

घटनाको कारण खुलेको छैन । कुटपिटबाट घाइते भएका जि.सीलाई उपचारको लागी लुम्बिनी सिटी अस्पताल बुटवल रिफर गरिएको पाल्पा प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 54 times, 1 visits today)

epaper

ताजा समाचार

पार्टी ठिक ढंगले चलाउन अध्यक्षमा आउन चाहेको हुँ: ईश्वर पोखरेल