मकालु आधार शिविर क्षेत्रमा बर्षा र हिमपात, पर्यटकलाई सचेत रहन प्रशासनको आग्रह

सङ्खुवासभा । सङ्खुवासभाको उच्च हिमाली भेगमा वर्षा र हिमपात भइरहेकाले पदयात्रामा जाँदा सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । प्रतिकूल मौसमका कारण उच्च हिमाली भेगमा वर्षा र हिमपात भइरहेकाले पर्यटकलाई सतर्कता अपनाउन आग्रह गरेको हो ।

आज बिहान देखि मकालु आधार शिविर सहित उच्च हिमाली भेगमा वर्षा र हिमपात भइरहेकाले पर्यटकलाई सतर्कता अपनाउन आग्रह गरिएको सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले बताउनुभयो ।

पदयात्रामा जाँदा जल तथा मौसम विज्ञान विभागबाट जारी हुने आधिकारिक सूचनालाई पालना गर्न, गन्तव्यस्थलका ’boutमा पर्याप्त जानकारी लिएर यात्रा गर्न प्रशासनले आग्रह गरेको हो । प्रतिकूल मौसमका कारण उच्च हिमाली क्षेत्रमा हल्का वर्षा भइरहेका कारण थप हिमपात हुने सम्भावना भएका कारण मकालु आधार शिविर सहित उच्च हिमाली भेगमा यात्रा गर्दा सतर्क रहन स्थानीय प्रहरी मार्फत सतर्क रहन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी थपलियाले बताए ।

विदेशी नागरिक करिव ७० जनाको संङ्ख्या पर्वतारोही मकालु आधार शिविरमा रहेको प्रजिअ थपलियाले बताउनुभयो । त्यस्तैगरी नेपाली पर्वतारोही पनि ६०÷७० जनाको सङ्ख्या अहिले मकालु आधार शिविरमा रहेको उहाँको भनाइ छ । मकालु आधार शिविर सहित उच्च हिमाली भेगमा मौसम सफा नभएसम्म पदयात्रामा सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको हो । जिल्लाको मकालु,सभापोखरी सहित उच्च हिमाली भेगमा बर्षासहित हिमपात भएको छ ।

हिमपातका कारण मकालु आधार शिविरमा इटालियन नागरिक फसे
सङ्खुवासभाको मकालु गाउँपालिका –२ मा रहेको विश्वको पाँचौ अग्लो मकालु हिमाल तथा मकालु आधार शिविर आरोहणका लागि पुगेका विदेशी नागरिक प्रतिकूल मौसमका कारण र हिमपातका कारण फसेका छन् ।

मकालु –२ स्थित मकालु आधार शिविर भन्दा केही माथि पुगेपछि इटालीयन नागरिक जेसस मार्टिनेज नोभास ( Jesus Martinez Novas) फसेका छन् । इटालीयन नागरिक मार्टिनेज नोभास फसेको भारत स्थित स्पेनिस राजदुतावासले डाईनेष्टिक एयरलाई जानकारी गराएको हो । उनको उद्दारका लागि पहल भइरहेको छ । प्रतिकुल मौसमका कारण उद्दारको समस्या भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 22 times, 1 visits today)

epaper

ताजा समाचार

काठमाडौंका ४८ र भरतपुरका ५ ठेक्का तोड्ने तयारी