भोजपुरमा ६५ किलोमिटर दुरीमा ‘मुन्दुम अल्ट्रा ट्रेल रेस’ हुँदै

भोजपुर । भोजपुरका तीन स्थानीय तहले संयुक्त रूपमा ‘मुन्दुम पदमार्ग अल्ट्रा ट्रेल रेस’ आयोजना गरेका छन्। मुन्दुम पदमार्गको प्रचार–प्रसार र साहसिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित रामप्रसादराई, हतुवागढी र आमचोक गाउँपालिकाले प्रतियोगिता गर्न लागेका हुन्।

हतुवागढी ९ कोप्चेबाट सुरु हुने रेस आमचोकको बयाङ–थामडाँडा हुँदै रामप्रसादराई गाउँपालिकाको पामखाङ–भञ्याङ–कपासे–सेल्मे–पाँचधारे–तावाभञ्याङसम्म करिव ६५ किलोमिटरमा सञ्चालन हुनेछ ।

आगामी मंसिर २० देखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगिता’bout सोमबार आमचोक गाउँपालिकाको आयोजनामा बालङखामा संयुक्त बैठकसमेत सम्पन्न भएको छ।

बैठकमा कार्यक्रमलाई प्रभावकारी, सुरक्षित र व्यवस्थित रूपमा सञ्चालन गर्ने विषयमा तीनै गाउँपालिकाबीच कार्ययोजना तयार गरिएको हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले जानकारी दिए ।

पर्यटन र खेलकुदलाई एकीकृत गर्दै सामुदायिक तथा साहसिक पर्यटन विकास गर्ने लक्ष्यसहित मुन्दुम अल्ट्रा ट्रेल रेस आयोजना गरिएको रामप्रसादराई गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताए ।

करीब ६५ किलोमिटर दूरीमा सञ्चालन हुने यो प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका धावकहरूको सहभागिता रहने आमचोक गाउँपालिका अध्यक्ष असोक राईले जानकारी दिए । प्रतियोगिताले यहाँको मौलिक संस्कृति, स्थानीय परिकार र पहिचानलाई देश–विदेशमा चिनाउने अवसर मिल्ने उनको भनाइ छ ।

प्रतियोगिता सञ्चालनका लागि तीनै गाउँपालिकाले पाँच–पाँच लाख रुपैयाँका दरले जम्मा १५ लाख बजेट विनियोजन गरेका छन्।

हाल ग्रेटर मुन्दुम पदमार्ग अन्तर्गत यी तीनै गाउँपालिकामा पदमार्ग निर्माण कार्य भइरहेको छ । पदमार्ग निर्माणले भविष्यमा भोजपुरलाई साहसिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने स्थानीय तहहरुले विश्वास लिएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 92 times, 1 visits today)

epaper

ताजा समाचार

हलेसी तुवाचुङमा ३ विपन्न परिवारलाई भूकम्प प्रतिरोधी घर