Wednesday, June 23, 2021
Home विदेश कोरोना अपडेटः विश्वभर ३ लाख २० हजारको मृत्यु, ४९ लाख संक्रमित

कोरोना अपडेटः विश्वभर ३ लाख २० हजारको मृत्यु, ४९ लाख संक्रमित

,

जेनेभा । कोरोनाभाइरसका कारण विश्वभर ३ लाख २० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ४९ लाख पुगेको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार मंगलबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा ८८ हजार ८५८ जना नयाँ संक्रमित भेटिएका छन् । यसअघि अघिल्लो २४ घण्टामा विश्वमा ८२ हजार २५७ जना नयाँ संक्रमित भेटिएका थिए । विगत २४ घण्टामा विश्वभर ३ हजार ४४५ जनाको ज्यान गएको छ ।

प्राप्त समाचार अनुसार विश्वभर करिब ४४ हजार ७६५ जनाको स्वास्थ्य अवस्था कोरोनाभाइरसबाट अत्यन्त जटिल रहेको छ भने २६ लाख २० हजारको स्वास्थ्य अवस्था सामान्य छ ।

युरोपेली मुलुकहरुमध्ये कोरोनाभाइरसबाट बेलायतमा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । पछिल्लो विवरण अनुसार बेलायतमा ३४ हजार ७९६ जनाको कोरोनाभाइरसका कारण मृत्यु भइसकेको छ ।

संयुक्तराज्य अमेरिकामा मृत्युदरमा उतारचढाव यथावत छ । पछिल्लो २४ घण्टामा अमेरिकामा एक हजार व्यक्तिको मृत्यु भएको छ । योसहित अमेरिकामा मृत्यु भएका व्यक्तिको कूल संख्या ९१ हजार ९८१ पुगेको छ ।

कोरोनाभाइरसबाट सर्वाधिक दैनिक मृत्युदर रहेका इटाली, स्पेन र फ्रान्समा २४ घण्टाको अवधिमा अघिल्लो दिनको झैं सामान्य रहेको छ । विगत २४ घण्टामा इटालीमा ९९, स्पेनमा ५९ र फ्रान्समा ७५३ जनाको ज्यान गएको छ ।

दक्षिण अमेरिकी देशहरुमध्ये कोरोनाभाइरसको इपिसेन्टरका रुपमा देखिएको ब्राजिलमा १६ हजार ८५३ जनाको मृत्यु भइसकेको छ । विगत २४ घण्टामा ब्राजिलमा ७३५ जनाको ज्यान गएको छ ।

कोरोनाभाइरस महामारीको पछिल्लो स्थिति

क्र.सं. महादेश कूल संक्रमित    निको भएका     कूल मृत्यु

विश्वभर     ४८,९४,२७८        १९,०९,२३६       ३,२०,१८९

१. युरोप १७,९७,५७३            ७,८२,७४८         १,६३,६२६
२. उत्तर अमेरिका १७,१३,७७५    ४,४७,७९१     १,०४,३०२
३. एसिया ८,२२,०८२               ४,७२,५७८      २५,१५५
४. दक्षिण अमेरिका ४,६१,३७२      १,६२,६३३      २४,१२०
५. अफ्रिका ९०,०८०                  ३४,८७९        २,८५०
६. ओसेनिया(अस्ट्रेलिया) ८,६७५      ७,९५६         १२१

दक्षिण एसियाली मुलुकहरु

१. भारत        १,०१,२६१        ३९,२३३       ३,१६४
२. पाकिस्तान    ४३,९६६           १२,४८९       ९३९
३. बंगलादेश    २३,८७०              ४,५८५       ३४९
४. अफगानिस्तान ७,०७२               ८०१          १७३
५. श्रीलंका         ९९२                   ५५९          ९
६. माल्दिभ्स १,१०६                       ८०             ४
७. नेपाल ३७५                              ३६            २
८. भुटान २१                                  ५             –

(Visited 157 times, 1 visits today)
Loading comments...

आजको समाचार

प्रधानमन्त्री ओलीले आफूनिकट नेतासँग छलफल गर्दै

काठमाडौं । पछिल्लो पटक विस्तार गरेको मन्त्रिपरिषद्लाई सर्वोच्च अदालतले खारेज गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आफूनिकट नेताहरुसँग छलफल गर्दैछन् । पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न...

प्राविधिक काम गर्दा अपनाउनुपर्ने सुरक्षा

कुनै पनि नसोचेको घटनाबाट पहिल्यै सतर्क भएर बाँच्ने अवस्थालाई सुरक्षा भनिन्छ । सुरक्षित हुनलाई हामीले विभिन्न कुरामा पहिल्यै विचार गरेर कार्य गर्नुपर्छ । त्यसैले...

उपत्यकाका नौ प्रहरी वृत्तमा नयाँ प्रमुख

काठमाडौं । नेपाल प्रहरीले काठमाडौं उपत्यकाका ९ प्रहरी वृत्तमा नयाँ प्रमुखलाई जिम्मेवारी दिएको छ । उपत्यकाका नयाँ प्रहरी प्रमुखमा ढुण्डिराज न्यौपाने बौद्ध, दुर्गाप्रसाद दाहाल लैनचौर,...

घरमा पालेकाे कुकुरलाई झुण्ड्याएर हत्या गर्नेमाथि कानूनी कारबाही गर्न माग

  काठमाडौं । सुर्खेतमा कुकुरको पाश्विक हत्या गर्ने व्यक्तिमाथि कानूनी कारबाही गर्न पशु अधिकारकर्मीले नेपाल प्रहरीसमक्ष माग गरेका छन् । एनीमल नेपालकी संस्थापक अध्यक्ष प्रमदा शाह,...

घर आउँदै गरेकी किशोरीलाई लछारपछार पारी बलात्कार गर्ने पक्राउ

  दल्लु ।  जबर्जस्ती बलात्कार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार बलात्कार गरेको आरोपमा गुराँस गाउँपालिका–३ का ३६ वर्षीय भद्रबहादुर बुढालाई...

साताका लोकप्रिय समाचार

सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : अदालतले प्रधानमन्त्री नियुक्त गर्न सक्दैन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतले प्रधानमन्त्री नियुक्त गर्न नसक्ने दाबी गरेका छन् । सर्वाेच्चको आदेशपछि अदालतमा लिखित जवाफ दिएका प्रधानमन्त्री ओलीले अदालतले...

२७६८ जनामा काेराेना संक्रमण पुष्टि, ४४ जनाकाे मृत्यु

  काठमाडाैं । पछिल्लो २४ घण्टामा २,७६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७५६९ जनामा भएको पीसीआर परीक्षणमा १९६३...

इटाली दुर्लभ कीर्तिमान नजिक

रोम । युरोपेली च्याम्पियनसिपअन्तर्गत इटालीले समूह चरणको अन्तिम खेलमा वेल्सलाई १–० ले हराएपछि दुर्लभ कीर्तिमान नजिक पुगेको छ । इटालीले वेल्सविरुद्ध दोस्रो रोजाइको टोली...

रियलमा रामोस युग अन्त्य

मड्रिड । स्पेनिस क्लब रियल मड्रिडका सर्वाधिक सफल कप्तान सर्जियो रामोसले क्लब छाडेका छन् । रियलले बुधबार नै विज्ञप्ति जारी गर्दै रामोसले क्लब छाड्ने...

अब सहकारी संस्थाका सदस्यहरुले अनलाईनबाटै घरमै बसी बसी नया खाता खोल्न सक्ने

  काठमाडाैं । अब सहकारी संस्थाका सदस्यहरुले अनलाईनबाटै घरमै बसी बसी नया खाता खोल्ने तथा आफ्नो केवाइएम अपडेट गर्न सक्ने भएका छन् | प्रविधिको प्रयोग...

ट्रेन्डिङ

पुरानै लयमा फर्किंदै प्रधानमन्त्री ओली

काठमाडौं । दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेर शुक्रबार बालुवाटार फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीको दैनिकी व्यस्त हुन थालेको छ । शनिबारबाटै उनी छलफलमा सहभागी हुन...

धम्जामा धमाधम सडक स्तरोन्नती र ढलानको काम

बागलुङ । बागलुङको काठेखोला गाउँपालिका–३ धम्जामा सडक स्तरोन्नती, ढलान तथा नयाँ ट्रयाक खोल्ने काम धमाधम सुरु भएको छ । वडा कार्यालय भित्र रहेको मुल...

नेपालमा आमाबुबाको मृत्यु, भारतमै किरिया

बैतडी । लकडाउनका कारण नाका बन्द हुँदा गएको ५ दिनदेखि बैतडीका ४ जना भारतमै किरिया गर्न बाध्य भएका छन् । बैतडीको सुर्नया गाउँपालिका ३...

मृत्युपछि मात्रै कोरोना पुष्टि

काठमाडौं । नेपालमा हालसम्म मृत्यु भएका अधिकांशको कोरोना भाइरससम्बन्धी रिपोर्ट मृत्युपश्चात् पोजेटिभ आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमित मृतकको संख्या १३...

राष्ट्रिय स्वास्थ्यकर्मी संघले काेराेना नियन्त्रण गर्न सघाउने

काठमाडौं । राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालले कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि सक्दो पहल थाल्ने निर्णय गरेको छ । संघको सचिवालय बैठकले कोभिड १९...

कोरोना भाइरसको नियन्त्रणका लागि चीनलाई ग्रुप ७७ र राष्ट्रसंघको सहयोग

संयुक्त राष्ट्रसंघ । चीनमा देखा परिरहेको प्राणघातक सङ्क्रमण कोरोना भाइरस नियन्त्रणका लागि चीनलाई विश्व विभिन्न ७७ देशहरुको समूह ग्रुप ७७ ले सहयोग गर्ने जनाएको...

हिरोलाई फिल्मबाट निकाल्दा २० करोड घाटा

मुम्बई । बलिउड फिल्म निर्माता करण जौहरले एउटा सनकको निर्णयमा २० करोड रुपैयाँ घाटा सहनु परेको छ । उनले आफ्नो कम्पनी धर्मा प्रोडक्सनको ब्यानरमा...

१७ वर्षीया किशोरी बलात्कार गर्ने १२ र १४ वर्षका किशोर पक्राउ

पर्वत । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा महाशिला गाउँपालिका–५ बस्ने १२ र १४ वर्षीय दुई किशोरलाई प्रहरीले पक्राउ गरेको छ । मानसिक...

मिथिलाञ्चलमा घरमै बरको रुख स्थापना गरेर सम्पन्न भयो बटसावित्री पर्व

जनकपुरधाम । कोरोना भाइरस र लकडाउनका कारण मिथिलाञ्चलका अधिकांश पर्व प्रभावित भए । बटसावित्री पर्वमा पनि त्यसको प्रभाव प-यो । बरको रुख नजिक गरिने...

कोरोना परीक्षणका नाममा भइरहेको मनपरी रोक

कोरोना परीक्षणका नाममा भइरहेको मनपरी नरोकिएपछि जनता ठूलो कहरमा परेका छन् । भाइरस परीक्षणका नाममा निजी अस्पतालले यसभन्दा पहिले गर्दै आएको ठगी धन्दालाई निरन्तरता...

बाढी पहिरोले सय मेगावाट बढी विद्युत् उत्पादन ठप्प

काठमाडौं । बाढी पहिरोका कारण दर्जन बढी जलविद्युत् आयोजनामा क्षति पुगेको छ । बर्खा लागेसँगै सधै उच्च जोखिममा रहेको गरेको जलविद्युत् क्षेत्रमा यस वर्ष...

जोखेर खसी बोका बेच्दा करिब २ करोड ३१ लाख रकम फाइदा

रौतहट । हिजो आज रौतहटका किसानहरु हचुवामा भन्दा जोखेर खसी बोका बेच्न थालेका छन् । जोखेर खसी बोका बेच्दा किसानलाई फाइदा हुन थालेपछि किसानहरुले...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)