काठमाडौं । साउदीमा अवैध रूपमा बसेका ९६ नेपालीले एक्जिट भिसा पाएका छन्। रियादस्थित नेपाली दूतावासका अनुसार अकामा नभएका ६४ र हुरुब लागेका ३२ जनाले एक्जिट भिसा पाएका हुन्। साउदीमा आवासीय अनुमतिपत्र (इकामा) नबनाएका तथा नवीकरण नगरेकालाई स्वदेश फर्किने भिसा आवश्यक पर्छ । त्यसका लागि आवश्यक कागजात सहित दूतावासमा सम्पर्क गर्नुपर्छ ।
एक्जिट भिसाको प्रक्रिया निःशुल्क हुने दूतावासले जनाएको छ । तर, एक्जिट भिसा आइसकेपछि नेपाल फर्किने हवाई टिकट भने व्यक्ति स्वयंले व्यवस्था गर्नुपर्ने हुन्छ । साउदीमा इकामाको म्याद सकिएको ३ महिनाभन्दा बढी भइसकेको अवस्था छ भने एक्जिट भिसाका लागि आवेदन दिन सकिनेछ ।
साउदी आएको ३ महिनाभन्दा बढी समयसम्म पनि इकामा नबनाइदिएकाले समेत एक्जिट भिसाका आवेदन दिन सकिनेछ । त्यस्तै, हुरूब लागेका व्यक्तिले समेत दूतावासबाट एक्जिट भिसा प्रोसेसिङ गर्न सकिँदैन । इकामाको म्याद भएकाको एक्जिट भिसा प्रोसेसिङ गर्न नमिल्ने दूतावासले जनाएको छ।
कुनै केस वा जरिमाना तिर्नुपर्ने बाँकी छ भने त्यो क्लियर नहुँदासम्म एक्जिट भिसा प्राप्त गर्न नसकिने दूतावासले जनाएको छ । दूतावास आफैंले एक्जिट भिसा दिँदैन । उसले त त्यसका लागि प्रोसेस गरिदिने मात्र हो । एक्जिट भिसा दिने सम्पूर्ण अधिकार साउदीको अध्यागमन (जवाजत) अफिससँग हुन्छ । त्यसैले दूतावासमा आएर फारम भरेपछि एक्जिट भिसा लागिहाल्छ भन्ने कुनै ग्यारेन्टी नहुने दूतावासले जनाएको छ ।
जुन ठाउँबाट आफ्नो इकामा बनेको हो त्यही ठाउँको श्रम कार्यालय र अध्यागमन कार्यालयबाट एक्जिट भिसाका लागि प्रोसेसिङ गर्नुपर्ने साउदी नियम रहेको छ । तसर्थ, एक्जिट भिसाका लागि दूतावासमा आउनुभन्दाअघि अनिवार्य रूपमा आफ्नो इकामा कहाँबाट बनेको हो यकिन गर्न समेत दूतावासले सबैमा अनुरोध गरेको छ ।
साथै,केही महिना देखि धेरै देशका ठुलो संख्यामा एक्जिट भिसाका लागि त्यहाँको लेवर अफिसमा कागजात क्युमा रहेको जानकारी प्राप्त भएकोले धैर्य गरी प्नतिक्षा गर्न पनि दूतावासले सम्बन्धित सबैमा अनुरोध छ । दूतावासले साउदीका विभिन्न कम्पनी तथा प्रतिष्ठानमा कार्यरत रहँदा साउदी आवासीय अनुमतिपत्र (अकामा) नबनाइएका वा नवीकरण नगरिएका वा हुरुब लगाइएका नेपालीलाई स्वदेश फर्काउन आवश्यक बहिर्गमन भिसाका लागि सम्बन्धित साउदी निकायमा अनुरोध गरिएको थियो ।
सम्बन्धित समाचार
साउदीमा रोजगारदाताले घरेलु कामदार भर्ती गर्दा कुनै पनि शुल्क लिन नपाउने
दुर्घटनामा बरिष्ठ कृषि अधिकृत लम्सालको निधन
पक्राउ परेका २ वडाध्यक्ष, १ शिक्षकसहित ५ जना विदाको दिनमा प्रहरीद्वारा धरौटीमा रिहा
लुक्लामा आफ्नै हाइड्रोसहित २५ शैय्याको अस्पताल
पर्यटन र सूचना प्रविधिमा थुप्रियो वैदेशिक लगानी
मध्यपहाडी र विपी राजमार्ग पूर्ण रुपमा बन्द
तिलिचो बेस क्याम्पमा फसेका पर्यटकको सशस्त्र प्रहरी बलद्वारा उद्धार
फेरि बढ्न थाल्यो सुनको मूल्य, चाँदीमा सामान्य गिरावट


								
											
											
								
								



