मध्यपहाडी र विपी राजमार्ग पूर्ण रुपमा बन्द

सिन्धुली । तीनदिनदेखि परिरहेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोले विपी राजमार्ग र मध्यपहाडी राजमार्ग अवरुद्ध भएका छन् ।

विपी राजमार्गको रोशी खोलामा आएको बाढी र ठाउँ ठाउँमा झरेको लेदोका कारण सडक अवरुद्ध भएपछि यातायात सञ्चालन हुन सकेको छैन । चौकीडाँडा, चारसयवेशी, डालावेशी, विरुवाडाँडा, नार्के लगाएतका स्थानहरुमा लेदो, पहिरोले सडक अवरुद्ध भएको छ ।

यस्तै मध्यपहाडी राजमार्गको गोलञ्जोर गाउँपालिका ६ अक्करेभिर र हैवारमा गएको पहिरोका कारण सडक पूर्ण रुपमा अवरुद्ध भएको छ ।

प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालका अनुसार मदनभण्डारी राजमार्ग भने सुचारु छ । सानातिना पहिरोहरु पन्छाउँदै उक्त राजमार्ग सुचारु गरिरहेको प्रमुख जिल्ला अधिकारी भुसालले बताएका छन् ।

अक्करेभिरमा भने पहिरो पन्छाउन समस्या भएको छ । मध्यपहाडी राजमार्गका अन्य ठाउँमा पनि पहिरो गईरहेका छन् ।

हिलो माटो सहितको दलदले हिलो झरेका कारण पहिरो पन्छाउन समस्या भएको गाउँपालिका र सडक डिभिजन खुर्कोटले जानकारी गराएको भुसालले जानकारी दिएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 76 times, 1 visits today)

epaper

ताजा समाचार

प्रतिनिधि सभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ : प्रधानमन्त्री कार्की