काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झालनाथ खनाल चार सर्त पूरा भए एमालेमा फर्कन तयार भएका छन् । नेता खनालले एमालेसँग फर्कने ‘समाजवादी क्रान्तिको बाटो’ अपनाउनुपर्ने मुख्य सर्त राखेका छन् ।
सञ्चारकर्मीहरुसँगको कुराकानीमा कुराकानीमा नेता खनालले आफूलाई एमालेप्रति माया रहे पनि अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा ‘सुस्थिर चिन्तन’ नदेखिएको भन्दै आलोचना गरे । एमालेसँग एकता नभए नयाँ पार्टी निर्माण अवश्यम्भावी रहेको उनको ठहर छ । नेता खनालले एमाले फर्कनका लागि चारवटा आधारभूत वैचारिक सर्तहरू अगाडि सारेका छन्, जसलाई वार्ताको आधार बनाउन सकिने उनले बताएका छन् ।
खनालले राखेका सर्तहरू
१. मार्क्सवाद–लेनिनवादलाई मार्गदर्शक सिद्धान्त मान्नेस् विचारमा मात्र होइन, व्यवहारमा पनि मार्क्सवादी बन्नुपर्ने।
२. समाजवादी क्रान्ति र रूपान्तरणको बाटो अपनाउनेस् पुँजीवादी जनवादी क्रान्ति पूरा भइसकेकाले अब समाजवादतर्फको रूपान्तरणको चरणमा प्रवेश गर्नुपर्ने।
३. नेपाली विशेषताको समाजवादी कार्यक्रम स्वीकार गर्नेस् मार्क्सवादको ढाँचालाई नेपाली यथार्थ (कृषक, श्रमिक र युवाको मिश्रित वर्ग संरचना) मा रूपान्तरण गर्नुपर्ने।
४. देशी–विदेशी प्रतिक्रियावादविरुद्ध लड्ने संकल्पस् यो आर्थिक निर्भरता र राष्ट्रिय स्वाभिमानको ह्रासविरुद्धको सङ्घर्ष हो।
सम्बन्धित समाचार
थप उपचारका लागि देउवा आज सिंगापुर जाँदै
एमालेको पार्टी सदस्य संख्या ६ लाख ६३ हजार कायम
एमाले सचिवालय बैठक शनिबार
प्रतिनिधिसभा विघटनमा अन्तरिम आदेश अस्वीकार
जेनजी आन्दोलनमा मारिएका मध्ये ३४ जनामाथि गोली प्रहार
जुट्नेभन्दा फुट्ने धेर, कम्युनिस्टहरूमा पुरानै झेल
स्थानीय सत्तामा भत्तादेखि प्याड खरिदसम्ममा भ्रष्टाचार






