विकास र सुशासन अब उज्यालोतिर

नेपालको राजनीतिमा ‘डेमाक्रेसी’का नाममा ‘जेरेन्टाक्रेसी’को राज भयो । ‘जेरेन्टाक्रेसी’लाई ‘वृद्घराज’ भन्ने गरिन्छ । हाम्रो देशमा प्रजातन्त्र पुनःस्थापना २०४६ सालदेखि आधा दर्जनको संख्यामा रहेका शीर्ष नेताले पार्टी सत्ता कब्जा गर्ने, पालैपालो प्रधानमन्त्री र मन्त्री पद भागबन्डा गरिरहने पट्यारलाग्दो अभ्यास भइरह्यो ।

शीर्ष नेता पदमा जाने तर जनचाहनाअनुरूप काम गर्न नसक्ने अवस्था पुनरावृत्तिले जनतामा वाक्कदिक्कको उत्पन्न भयो । शीर्ष नेताका नेतृत्व भ्रष्ट, अपारदर्शी तथा कुटील चरित्रको देखाप¥यो । फलतः देशमा भ्रष्टाचार, वेथिति र कुशासन मौलायो । विकासले गति लिन सकेन । फलतः समाजमा चरम निराशा छायो र यो निराशा जेनजी पुस्ताबाट गत २३ र २४ भदौमा सडक आन्दोलनका रूपमा देखाप¥यो ।

त्यसो त, राजनीतिमा उमेर मात्र नेतृत्वको व्यवधान होइन । राजनीतिमा नेतृत्वको क्षमता, योग्यता, कार्यशैली, भिजन, मिसन र एक्सनले भूमिका खेल्छ । प्रजातन्त्रको लामो अभ्यास भएका अमेरिका, भारत, मलेसियालगायत देशमा ७० वर्ष उमेर पार गरेका नेताको नेतृत्व छ । तर, त्यहाँ यस पुस्ताको नेतृत्वले विकास र सुशासन दिएको छ । विकासमा यी देशले उदाहरणीय काम गर्न सफल भएका छन् । राजनीतिमा उमेर समूह मात्र असक्षमताको कारण होइन भन्ने यहीबाट पुष्टि हुन्छ । नेपालमा पनि ‘शीर्ष’ भनिने नेतागणले राम्रो काम गरेको भए जनता निराश हुने थिएनन् । देश विकास र सुशासनमा अगाडि बढिसकेको हुने थियो । तर बिडम्बना † यसो हुन सकिरहेको छैन । त्यसैले, जेनजी पुस्ताले राजनीतिक व्यवस्थाभन्दा नेतृत्व परिवर्तनलाई जोड दिएको छ । युवापुस्ता दलका शीर्ष नेतालाई राजनीतिबाट बिदाइ गर्ने उद्देश्यसाथ सडकमा आए ।

राजनीति नातावाद, परिवारवाद, आफन्तवादबाट बाहिर आउन नसकेको सत्य नेपाली समाजमा धेरै अगाडिदेखि टीकाटिप्पणी हुँदै आएको हो । विशेषगरी, आमनिर्वाचन २०७९ सालपछाडि पुराना दलका शीर्ष नेताले सत्ताका लागि गरेका गठबन्धन र यिनीहरूको कार्यशैलीले समाजमा अझै निराशा थप्ने काम ग¥यो । शीर्ष नेताले राजनीतिलाई आप्mनो कब्जामा राख्ने र पालैपालो सत्तामा जाने अभ्यास अन्त्य नभएसम्म देशमा विकास र सुशासन असम्भव रहेको बुझाइ समाजमा बढ्दै गएको छ । समाजको यही ‘सेन्टिमेन्ट’को प्रतिनिधित्व गर्दै जेनजी पुस्ता आन्दोलनमा होमियो । र, यसले जनसमर्थन पनि पायो ।

राजनीतिमा देशकाल, परिस्थिति तथा जनचाहना बुभ्mन नसक्ने नेतृत्व असफल हुन्छ । नेतृत्वले लामो समयदेखि आ–आप्mनो दलका मानिसलाई संवैधानिक निकायमा भागबन्डा गर्ने, ‘मेरिटोक्रेसी’लाई बेवास्ता गर्ने, विज्ञले ठाउँ नपाउने, राजदूत नियुक्तिमा दलीय भागबण्डा हुने, आयोग, निगम, विश्वविद्यालयलगायत उच्चपदमा दलीयकरणजस्ता कुराले हरेक क्षेत्रमा प्रश्न उठेका थिए । नेताहरूले आप्mना नातागोता र परिवारका सदस्यलाई राज्यको सुविधा पाउने ठाउ“मा अवसर दि“दै आएका थिए । नेपाली लोकोक्तिमा ‘अति गर्नु अत्याचार नगर्नु’ भनिन्छ । वास्तवमा सत्ताशक्तिमा पुगेका नेताले अतिको सीमा नाघेकाले जेनजी आन्दोलनमा ज्यान जोगाउन लुक्नुपर्ने अवस्थासमेत आइप¥यो ।

राजनीति नातावाद, परिवारवाद, आफन्तवादबाट बाहिर आउन नसकेको सत्य नेपाली समाजमा धेरै अगाडिदेखि टीकाटिप्पणी हुँदै आएको हो । विशेषगरी आमनिर्वाचन २०७९ पछाडि पुराना दलका शीर्ष नेताले सत्ताका लागि गरेका गठबन्धन र यिनीहरूको कार्यशैलीले समाजमा अझै निराशा थप्ने काम ग-यो

देश, काल, परिस्थिति आँकलन गर्न असफल केपी शर्मा ओली सरकारले पछिल्लो समय सामाजिक सञ्जाल बन्द गरेर समाजमा रहेको असन्तोष आक्रोशमा बदल्ने काम ग¥यो । सरकारको यस कार्यले जनआक्रोशको आगोमा घिउ थप्ने काम ग¥यो । देशले ठूलो धनजन क्षति व्यहोर्नुप¥यो । त्यसो त, देशका ठूला दलका नेतृत्वले प्रजातन्त्रका लागि लामो संघर्ष गरेको छ । निरंकुश शासन व्यवस्था अन्त्यका लागि जेलनेल, कष्ट, युद्घ आदि भोगेका छन् । तथापि, उनीहरूको नेतृत्वमा देशको अवस्था जनचाहनाअनुरूप परिवर्तन हुन सकेन । देशमा भ्रष्टचार व्याप्त भयो । उद्योग खोलिएनन् ।

कृषि क्षेत्रको आधुनिकीकरण हुन सकेन । शिक्षित बेरोजगार ठूलो समस्याका रूपमा देखाप¥यो । युवा रोजगारीका लागि बिदेसिनुप¥यो । गाउँघरका खेतबारी बाँझिए । मुलुक खाद्यान्नमा दिन प्रतिदिन परनिर्भर बन्दै गयो । शिक्षा गुणस्तरीय, अनुसन्धामैत्री तथा व्यावसायिक हुन सकेन । स्वास्थ्य सेवा मह“गो र सहरमुखी भयो । फलतः नेतृत्वविरुद्ध जेनजीले क्रान्ति ग¥यो ।

अहिले देशमा गैरनिर्वाचित व्यक्ति तथा व्यक्तित्वको सरकार बनेको छ । यो सरकार बन्नुको पछाडि जेनजी आन्दोलनले ल्याएको राजनीतिक उथलपुथल नै हो । तथापि, जेनजी राजनीतिक सिद्धान्त र कार्यदिशा भएको समूह भने होइन । यस पुस्ताले राजनीतिमा रहेका विकृति र विसंगति अन्त्यका लागि पुराना नेतालाई राजनीतिबाट बिदाइ गर्नुपर्ने आवश्यकता महसुस गरेकाले सडकमा ओर्लिएको हो । जेनजीले ‘नेतावाद’मा आधारित ‘वृद्धराज’ अन्त्य गरी युवा नेतृत्वलाई राजनीतिक शक्ति पुस्तान्तरण गर्न मात्र खोजेको होइन । अबको सरकारले भ्रष्टाचार अन्त्य, विकास र सुशासन प्रत्याभूति गराउन सकोस् भन्ने अपेक्षा हो ।

समाजमा पुरानो नेतृत्वप्रति जेनजीको मात्र आक्रोश थिएन, ताकि शीर्ष नेतृत्वप्रति सिंगो समाज बेखुसी थियो । राजनीतिक शास्त्री भन्छन्, ‘हाम्रा नेता राजनीतिज्ञ मात्र भए, विकासविज्ञ हुन सकेनन् ।’ प्राज्ञिक जमात ‘राजनीतिक हस्तक्षेपकै कारण शिक्षा क्षेत्र लथालिंग भएको’ औंल्याउ“छन् । उद्योगपति ‘देशमा लगानीमैत्री वातावरण नभएको र राज्यले आफ्ना पीरमर्का नबुझेको’ गुनासो गर्छन् । किसान ‘सरकारले मलसमेत दिन सक्दैन’ भन्छन् । हरेक क्षेत्रमा असन्तुष्टि व्याप्त थियो । जसका कारण ओली सरकार ढल्न पुग्यो ।

जेनजी आन्दोलनको सन्देश ‘शीर्ष नेता सत्तामा जान नपाऊन्’ भन्ने हो । ‘शीर्ष नेतालाई राजनीतिबाट बिदाइ गरी नयाँ नेतृत्वले देशमा विद्यमान समस्या समाधान गर्दै जान सकोस्’ उनीहरूको चाहना हो । अबको नेतृत्वले ‘सुशासन, भ्रष्टाचार नियन्त्रण र विकास गर्न सक्नुपर्छ’ भन्ने हो । ‘कृषिमा आधुनिकीकरण, उद्योगीकरण, रोजगारी सिर्जना, मह“गी नियन्त्रण, शिक्षामा सुधार, प्रशासनतन्त्रमा रूपान्तरण गरी देशलाई विकास र आर्थिक समृद्धिमा अगाडि बढाउन सकोस्’ भन्ने जेनजी पुस्ताका माग हुन् । यो कुरा सरकारमा बस्नेले राम्ररी बुभ्mन जरुरी छ । ‘बट, किन्तु, परन्तु’ आदि इत्यादी भनेर समयको चाप बुभ्mन नसक्ने हो भने वर्तमान ‘कार्की सरकार’ पनि असफल हुनेमा दुईमत छैन । देशमा ठूलो आन्दोलन गर्ने आवाज आउने गरेका छन् । आन्दोलन मात्र निकास र विकासको मार्ग होइन । यस सन्दर्भमा देशलाई थप क्षति हुन नदिन हरेक क्षेत्रका नागरिक सचेत हुन जरुरी छ । आन्दोलनले धनजन क्षति हुने र विभिन्न राजनीतिक दल तथा स्वार्थ समूहले आप्mनो दुनो सोभ्mयाउन देशलाई बर्बाद पार्नसक्ने दृष्टान्त गत २४ भदौको विध्वंश काफी छ । अब यस्तो कदापि नहोस् ।

शीर्ष नेतालाई बहिष्करण गर्ने यति ठूलो आन्दोलन, तोडफोड, आगजनी तथा भौतिक कारबाही प्रयास हुँदासमेत दलभित्रका दोस्रो पुस्ताका कतिपय नेता अझै शीर्ष नेताको पक्षमा वकालत गर्दै आएको देखिन्छ । शीर्ष नेतागणको नेतृत्वमा देशमा विकास भएन । देशमा अनेक प्रकारका भ्रष्टाचारका प्रकरणमा कतिपय नेताको नाम जोडिएको छ । यिनै भ्रष्टको परिक्रमा गरिरहने कार्यकर्ता कतिसम्म लोकलाज नभएका होलान् ? भन्ने प्रश्न उठेका छन् । यस कोणबाट हेर्दा नेपाली राजनीतिमा आप्mना नेताले ‘जे गरे पनि ठीक’ देख्ने कार्यकर्ता छन् भन्ने बुझिन्छ । कार्यकर्ताका यस्तो प्रवृत्तिले भविष्यको शुभसंकेत गर्दैन ।

अब समाजले राजनीतिक निष्ठा, सिद्घान्त, अनुभव, दृष्टिकोण भएका राजनेताले मात्र देश बदल्न सक्छन् भन्ने बुभ्mनुपर्छ । जबसम्म नागरिकमा ‘ठीक र बेठीक’का आधारमा राजनीतिक दल छनोट, सक्षम तथा इमानदार व्यक्तिलाई निर्वाचनमा भोट दिने चेतना विकास हुन सक्दैन, तबसम्म लोकतन्त्र अभ्यास परिपक्व हुन सक्दैन । मतदाताले लोकतन्त्रको मर्म र देशको आवश्यकता बुझ्न सकेनन् भने सक्षम नेतृत्व चयन हुन सक्दैन । त्यसैले आगामी २१ फागुनमा तोकिएको निर्वाचनमा मतदाताले दलभित्रका सक्षम, चरित्रवान् तथा देश विकासको भिजन, मिसन र एक्सन भएका जनप्रतिनिधिलाई निर्वाचित गर्न चुक्नुहुन्न र नचुकाैं पनि !

तपाइको प्रतिक्रिया
(Visited 30 times, 1 visits today)

epaper

ताजा समाचार

बालेनको डोजर आतंकबाट त्रसित सुकुम्बासीलाई प्रभु साहको साथ