काठमाडौं । नेपाल पर्यटन बोर्डको ‘फोटो नेपाल’ नामक नियमित दृष्य संवाद अभियानमा यस पटक इटालियन फोटोग्राफरका तस्वीर प्रदर्शनीमा राखिएको छ । बोर्डका अनुसार ‘अ टेल अफ टु ल्यान्ड्स : नेपाल मिट्स सिसिली’ नामक फोटो प्रदर्शनी १७ देखि १९ कात्तिकसम्म प्रदर्शनीमा राखिएको छ ।
इटालियन फोटोग्राफर भ्यालेन्टिना ब्रान्काफोर्तेछाराले खिचेका नेपाल र इटालीका विविधता झल्किने २५ तस्वीर प्रदर्शनीमा राखिएको छ । बोर्ड परिसरमा राखिने प्रदर्शनीमा नि:शुल्क प्रवेशको व्यवस्था मिलाइएको छ ।

फोटो नेपाल अभियान फेब्रुअरी २०१६ मा प्रख्यात स्विस भूवैज्ञानिक टोनी हेगन फोटो प्रदर्शनीसँगै सुरु भएको हो । नेपालका विविध प्राकृतिक, सांस्कृतिक र मानवीय पाटा विश्वसामु प्रस्तुत गर्ने उद्देश्यसाथ सुरु गरिएको बोर्डले जनाएको छ ।
यो अभियान अन्तर्गत डिजिटल फोटो पोर्टलमा सबैले फोटो राख्न र हेर्न सकिन्छ । हालसम्म ११ हजारभन्दा बढी सदस्यबाट २५ हजार फोटो संग्रह गरिसकिएको समेत बोर्डले जानकारी दिएको छ ।
बोर्डका निर्देशक हिक्मतसिंह ऐरले नेपालका उत्सव र संस्कृतिले विश्वका विभिन्न समाजसँग भावनात्मक सम्बन्ध बाँध्ने क्षमता राख्ने बताए ।
सम्बन्धित समाचार
आज तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना
पदयात्रामा जानु अघि मौसमवारे जानकारी लिन आग्रह
मध्यपहाडी र विपी राजमार्ग पूर्ण रुपमा बन्द
रास्वपा सभापतिदेखि प्रहरी उच्च अधिकारीसम्म अनुसन्धानको दायरामा
रुकुम पश्चिम जिप दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या आठ पुग्यो (नामावलीसहित)
सुनको मूल्यमा आज पनि भारी गिरावट
धनकुटामा बस दुर्घटना, एकजना घाइते
सेभद सप्तरी २७ औं वर्षमा प्रवेश


								
											
											
								
								



