सेभद सप्तरी २७ औं वर्षमा प्रवेश

राजविराज । जिल्लामा गरिबी निवारण, स्वरोजगार, स्वास्थ्य तथा शैक्षिक उत्थान लगायतका क्षेत्रमा क्रियाशिल सेभ द सप्तरी नामक संस्था आफनो स्थापनाको २६ वर्ष पुरा गरी २७ औं वर्षमा प्रवेश गरेको छ ।

वि.स.२०५६ सालमा स्थापना भई निरन्तर यस क्षेत्रमा विभिन्न गतिविधी गर्दै आएका सो संस्थाले शुक्रवार आफनो २६ औं वार्षिक साधारण सभा भब्यताका साथ सम्पन्न गरेको छ ।

संस्थाको २६ औं वार्षिक साधारण सभा तथा २७ औं वर्षमा प्रवेश गरेको अवसरमा आयोजित उक्त कार्यक्रमको जिल्ला समन्वय समिति सप्तरी प्रमुख शिव नारायण साहले उदघाटन गर्दै उनले सामाजिक उत्तरदायित्व पूरा गर्दै संस्थाले जिल्लाको विकास, स्वरोजगार, गरिबी निवारण तथा शैक्षिक उत्थान लगायतका क्षेत्रमा खेलेको भूमिका महत्वपूर्ण रहेको बताए ।

“संस्था नाफामूखी मात्र नभई सामाजिक उत्तरदायित्व निर्वाहमा समेत महत्वपूर्ण योगदान गरेको छ, उनले भने, “फलस्वरुप सचेतनासँगै विपन्न समुदायको जिवनस्तरमा सूधार र उनका सन्तानको शिक्षा दिक्षा सहज भएको छ ।

कार्यक्रममा अध्यक्षयीय प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष ध्रुब प्रसाद देवले स्थापना कालदेखी नै सामाजिक विकासका बहुआयमिक क्षेत्रहरुमा विभिन्न सरकारी तथा अन्तराष्ट्रिय–गैरसरकारी निकायहरुसँग समेत सहकार्य र समनवय गरि सेवा प्रदान गर्दै आएको बताए ।

अध्यक्ष देवद्वारा प्रस्तुत प्रतिवेदनमा सेभ द चिल्ड्रेन अन्तर्गत समुन्नती कार्यक्रम र हेबिटेट फर ह्युमिनिटी, वन हर्ट वल्ड वाईड, सफा परियोजना, लगायतका संस्थाको सहयोगमा गत आर्थिक वर्ष २०८१÷८२ मा ७ करोड ८७ लाख २० हजार ८ सय २४ रुँपैया बराबरको विभिन्न कार्यक्रममा लगानी गरिएको उल्लेख छ ।

संस्थाले सेभ द चिल्ड्रेनको सहयोग तथा सहकार्यमा सन् २०१३ देखी जिल्लामा समुन्नती कार्यक्रम अन्तर्गत मातृ तथा नवजात शिशु, बालविकास, आधारभुत शिक्षा, विद्यालय स्वास्थ्य पोषण, किशोरकिशोरी विकास, यौन तथा प्रजनन्, स्वास्थ्य र जिविकोपार्जन कार्यक्रम अन्तरगत विभिन्न गतिबीधी गर्दै आएको अध्यक्षयीय प्रतिवेदनमा उल्लेख छ ।

वन हर्ट वल्डवाईड अन्तर्गत मातृ तथा नवशिशु कार्यक्रम जिल्लाको १८ वटै पालिकाको स्वास्थ शाखाहरू मार्फत कार्यक्रम गर्दै आएको अध्यक्ष देवले जानकारी दिए ।

हेविटेट फर हम्युनिटी नेपालको सहयोग र सहकार्यमा सफाई परियोजना अन्तर्गत खानेपानीको जाँच, चर्पी निर्माण, ट्युवेल जडान, वायोसेन्ट फिल्टर बितरण, समुदाय स्तरका जनचेतना लगायतका कार्यक्रमहरु अघि बढेको उनले जानकारी दिए । गुणस्तरिय शिक्षामा टेवा पु¥याउन तथा नागरिक समाजको सहभागितामा बृद्वि गर्ने उदेश्यले कसैलाई पछाडी नछोडौ, अभियान अन्तर्गत कक्षा ५ देखि १२ सम्मका शिक्षामा पहुच नभएकालाई लक्षित गरी जिल्लाको छिन्मस्ता गाउपालिका र तिलाठीकोईलाडी गाउपालीका तथा महोतरी जिल्लाको समसी, मटिहानी नगरपालिकामा कार्यक्रम गर्दै आएको बताए।

सो अवसरमा बिष्णुपुुर गाउपालिका शाखा अधिकृत गंगाराम साह, वन हर्ट वल्ड वाईडका कार्यक्रम अधिकृत ओम नारायण झा, राजबिराज नगरपालिकाका स्वास्थ शााखा प्रमुुख कामेश्वर यादब, छिन्मस्ता गाउपालीका महिला तथा वालवालिका शाखा प्रमुख संजन झा, राजबिराज वडा १६ स्थित स्वास्थ चौकी बोरियाका प्रमुख फुलबाबु गुप्ता, राजबिराज नपा कृषि शाखाका सुनिल यादब, प्रत्रकार चन्दन कुमार यादव लगायतले शुभकामना दिएका थिए ।

बार्षिक साधारण सभामा संस्थाका कार्यक्रमका संयोजक बिष्णुकान्त देव, मिथलेश कुमार यादब, अनिल कुमार यादब, लेखा प्रमुख असोक साह, कार्यक्रम अधिकृत फरजाना खातुन, दुर्गानन्द शर्मा, शिल्पा देव लगायत कर्मचारीहरूको समेत उपस्थिति रहेको थियो ।

कार्यक्रममा संस्थाका निर्देशक संजिव चौधरीले स्वागत मन्तब्य दिएका थिए भने कार्यक्रमको संचालन मो.सबिर आजमले गरेका थिए

तपाइको प्रतिक्रिया
(Visited 28 times, 1 visits today)

epaper

ताजा समाचार

नेपाल उद्योग वाणिज्य महासंघ र भियतनाम चेम्बरबीच सहकार्य हुने