Sunday, May 9, 2021
Home प्रदेश प्रदेश ३ ह्वात्तै बढ्यो उपत्यकामा कोरोना परीक्षण गराउनेको सङ्ख्या

ह्वात्तै बढ्यो उपत्यकामा कोरोना परीक्षण गराउनेको सङ्ख्या

,

काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो साता कोभिड–१९ सङ्क्रमित देखिन थालेसँगै टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा परीक्षणका लागि आउनेको सङ्ख्या ह्वात्तै बढेको छ । वैशाखको अन्तिमसम्म दैनिक २० देखि ६० जनासम्म परीक्षणका लागि आउने गरेकामा जेठ महिनामा दैनिक झण्डै ७०० परीक्षणका लागि आइरहेको अस्पतालले जनाएको छ ।

परीक्षणका लागि आउनेमध्ये कतिपय सङ्क्रमित जिल्लाबाट आएका, सङ्क्रमित भएका व्यक्तिसँग सम्पर्क भएकादेखि सङ्क्रमणको सम्भावना न्यून रहेका व्यक्तिसमेत रहेको अस्पतालका निर्देशक डा सागर राजभण्डारीले बताए । अहिले उपत्यकाका अधिकांश नगरपालिकाले आफ्नो नगरमा नफर्कन र फर्कन पर्दा परीक्षण गरेर मात्रै आउन भनिरहेका छन् । यसैले गर्दा अस्पतालमा परीक्षणका लागि आउनेको सङ्ख्या बढिरहेको हो ।

दुई साता पहिलेसम्म परीक्षणका लागि किट पर्याप्त मात्रामा नभए पनि अहिले किट पर्याप्त भएकाले पनि परीक्षणको दायरा बढाइएको छ । केही महिनादेखि काठमाडौँ उपत्यका नछाडेका र सङ्क्रमितको सम्पर्कमा नगएका व्यक्ति पनि त्रासका कारण आफूलाई कोभिड–१९ छ छैन भनी परीक्षण गराउन आइरहेका छन् ।

परीक्षणका लागि आउनेमा नेपालीसँगै विदेशी पनि रहेको डा राजभण्डारीले बताए । कतिपयमा आफूलाई सङ्क्रमण छैन भन्ने लागेपनि कागजातका लागि परीक्षण गराउन आइरहेका छन् । उनले भने, ‘आफ्नो देशमा फर्कनु पहिले परीक्षण गर्नुपर्ने भएकाले पनि उनीहरु आइरहेका छन् ।’

कतिपय व्यक्ति भने उपत्यकाकै एउटा स्थानबाट अर्को स्थानमा जाँदा पनि कतै आफू सङ्क्रमित भइहालेँ कि भनी जचाउन आइरहेका छन् । कतिपय व्यक्ति तरकारी पसल वा अरु कुनै पसल खोल्नका लागि आफूलाई सङ्क्रमण छैन भनि प्रमाणित गराउनका लागि आइरहेका छन् । बैङ्कलगायतका संस्था खुल्दा पहिले बिदाका बसेका कर्मचारी पनि कोभिड–१९ परीक्षण गर्न आएका छन् । बन्दाबन्दीको समयमा पनि भिडभाड भइरहेका कतिपय कार्यालयका कर्मचारी पनि परीक्षणका लागि आइरहेको अस्पतालले जनाएको छ ।

अस्पतालमा अहिले झण्डै पाँचदेखि ७०० सम्म कोभिड–१९ को परीक्षणका लागि आइरहेकामा धेरै व्यक्तिमा सङ्क्रमणको सम्भावना नरहेको अस्पतालका निर्देशक डा सागर राजभण्डारीले बताए । उनका अनुसार जो व्यक्तिमा सङ्क्रमणको सम्भावना छैन भने उसलाई सबै विवरण सुनेर अस्पतालले हरियो कार्ड (सङ्क्रमण नभएको प्रमाणपत्र) दिएर घर फर्काउने गरेको छ । अस्पतालमा आएकामध्ये ४० प्रतिशत व्यक्तिमा सङ्क्रमणको सम्भावना नभएपनि उनीहरु डराएर जाँच गर्न आइरहेको उनले बताए । उनले भने, ‘अस्पताल आउनेमध्ये हामीले आवश्यकको मात्रै नमूना सङ्कलन गरिरहेका छौँ ।’

वैशाखसम्म दैनिक २० देखि ३० जनासम्म व्यक्ति कोभिड–१९ जाँचका लागि आउने गरेकामा गत मङ्गलबार काठमाडौँ र भक्तपुरमा सङ्क्रमित व्यक्ति फेला परेसँगै यो सङ्ख्या ह्वात्तै बढेको हो । बन्दाबन्दी खुकुलो भएपछि उपत्यका बारिहका जिल्लाबाट धेरै उपत्यका फर्किएका थिए । कतिपय सङ्क्रमित अहिलेसम्म नभेटिएका जिल्लाबाट आएका व्यक्तिसमेत परीक्षणका लागि आइरहेका उनले बताए ।

काठमाडौँ उपत्यका बाहिरका कोरोना सङ्क्रमितको सङ्ख्या बढी रहेको जिल्लाबाट आएका वा सङ्क्रमितको सम्पर्कमा आएका हुनसक्ने, सङ्क्रमण रोकथामका लागि अग्रपङ्तिमा रहेर काम गर्नेहरुको नमूना सङ्कलन भइरहेको डा राजभण्डारीले बताए । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मीलगायतका पेशामा रहेर काम गरिरहेका व्यक्तिको व्यक्तिगत रुपमा नमूना सङ्कलन भइरहेको छ । उनले भने, ‘कतिपयले समूहमा गर्न चाहनुहुन्छ तर हामीले जुन व्यक्तिमा सङ्क्रमणको बढी जोखिम छ उसैको परीक्षण गरिरहेका छौँ ।’

यो महिनाको पहिलो दिनदेखि नै अस्पतालमा कोभिड–१९ को परीक्षणका लागि आउनेको सङ्ख्या बढिरहेको छ । यहाँ आएकामध्ये कतिपयको आरडीटी र कतिपयको पिसिआर परीक्षण हुने गरेको छ । सङ्क्रमणको सम्भावना बढी भएका व्यक्तिको पिसिआर परीक्षण र जोखिम कम भएका व्यक्तिको आरडिटी परीक्षण भइरहेको उनले बताए । अहिले सुरक्षाकर्मीहरु पनि समूहमा कोरोना परीक्षणका लागि आइरहेका छन् । नेपाली सेना र सशस्त्र प्रहरीको परीक्षण उनीहरुकै अस्पतालमा गर्दा राम्रो हुने उनले बताए । उनले भने, ‘त्यसो गर्दा यहाँ आउनेहरु छरिन सक्छ ।’

अस्पतालले परीक्षण भएको दुई दिनपछि नतिजा दिने गरेको छ । व्यक्तिले सम्पर्क नम्बर र ठेगाना फरक लेख्ने गर्दा उसलाई सम्पर्क गर्न र पोजेटिभ आउँदा कन्ट्याक ट्रेसिङमा समस्या हुने उनको भनाइ छ । उनीहरु लामो समयदेखि काठमाडौँ बस्ने भएपनि आफ्नो जिल्लाको ठेगाना लेख्ने गरेको पाइएको छ ।

अस्पतालमा आइसियू २० श्यया र आइसोलेशन ३० वटा रहेको छ । अस्पतालले दिँदै आएका अरु सबै सेवा अरु अस्पतालमा सारेपनि अहिलेसम्म रेबिजविरुद्धको खोप यहीँबाट लगाउने गरिएको छ । प्राविधि समस्याका कारण यो सेवा अन्यत्र सार्न नसकिएको अस्पतालले जनाएको छ । अस्पतालको आइसोलेशनमा अहिले १८ जना रहेका छन् ।

(Visited 330 times, 1 visits today)
Loading comments...

आजको समाचार

काभ्रेमा अक्सिजनसहितको आइसोलेशन सेन्टर

काभ्रेपलाञ्चोक । पछिल्लो समय जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । जिल्लामा सक्रिय संक्रमितको वृद्धि भएसँगै जिल्लाका स्थानीय तहले संक्रमितको उपचारमा सहजताका लागि...

अस्पतालमा शैया भरिभराउ, पेटीमा बिरामीको छटपटी

काठमाडौं । केही दिनयता कोरोना संक्रमण दर दैनिक आठ हजारमाथि पुग्न थालेको छ । संक्रमित संख्या बढेसँगै मृत्यु दरसमेत बढ्ने क्रममा रहेको छ । देशभरका...

पार्टी कार्याललाई कोभिड अस्पताल बनाउने स्याङ्जा कांग्रेसको निर्णय

स्याङजा । अस्थायी कोभिड अस्पताल निर्माणमा लागि नेपाली कांग्रेस कांग्रेसले आफनो पार्टी कार्यालय उपलब्ध गराउने भएको छ । कांग्रेस कार्यवाहक सभापति बुद्धिबहादुर राना (कुमार) ले...

अक्सिमिटर कालोबजारी गर्ने तिवारी पक्राउ

वीरगन्ज । कोरोनाले शरीरको अक्सिजन कम गराउने हुँदा बेला–बेला शरीरको अक्सिजन मापन गर्न चिकित्सकले आमसर्वसाधारणलाई सल्लाह दिएका छन् । अहिले औषधी पसलमा पल्स अक्सिमिटर...

साताका लोकप्रिय समाचार

म्यानयू र भियारियाल फाइनलमा

लन्डन । रोमालाई पराजित गर्दै म्यानचेष्टर युनाइटेड युईएफए युरोपा लिगको फाइनलमा प्रवेश गरेको छ । त्यसैगरी स्पेनिस क्लब भिल्लारियल आर्सनललाई पराजित गर्दै फाइनलमा पुगेको...

रुपन्देही, बाँके र पाल्पामा १२ सङ्क्रमितको मृत्यु

रुपन्देही । रुपन्देही, बाँके र पाल्पामा गरी पछिल्लो २४ घण्टामा १२ कोरोना सङ्क्रमितको मृत्यु भएको छ । रुपन्देही, अर्घाखाँची, कपिलवस्तु र सल्यानका गरी छ कोरोना...

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद्को बैठक

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले बिहीबार साँझ ५ बजे बालुवाटारमा बस्ने गरी बैठक बोलाएका हुन् । बैठकमा विभिन्न...

अस्पताललाई अक्सिजन उपलब्ध गराउन चिकित्सक संघकाे माग

काठमाडौं । नेपाल चिकित्सक संघले कोभिड १९ को महामारीमा उपचारमा संलग्न रहेका विभिन्न अस्पतालहरुले अक्सिजनको अभाव भई नयाँ बिरामी भर्ना गर्न नसकेको गम्भिर ध्यानकर्षण...

प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने कांग्रेस संसदिय दलकाे निर्णय

काठमाडाैं ।  नेपाली कांग्रेस संसदीय दलले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत माग्दा विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । संसदीय दलको शनिबार बसेको बैठकले...

ट्रेन्डिङ

७ वर्षीया बालिका बलात्कार गरेको आरोपमा युवक पक्राउ

उदयपुर । सात वर्षीया बालिका बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय उदयपुरले एक युवालाई पक्राउ गरेको छ । झापाको बिर्तामोड नगरपालिका– ७ स्थायी घर...

शैलीको विश्वस्तरीय बालकविता प्रतियोगिता

काठमाडौं । नाट्य प्रस्तुतिमा शैली थिएटरले फेरि ‘विश्व बालकविता महोत्सव–२०७७’ आयोजनाको घोषणा गरेको छ । कोभिड–१९ संक्रमणको जोखिम घटाउन सरकारले लकडाउन गरेपछि बालबालिकाहरू घरमै...

अनशनरत डा. केसी गल्दै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा २७ दिनदेखि अनशनरत चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीको माग सम्बोधन गर्नतर्फ गम्भीर कदम नचालेको आरोप सरकारमाथि लाग्न थालेको...

सिसुवा पहिरामा बेपत्ता ११ जनाको खोजी जारी

खाँदबारी । सिलिचोङ गाउँपालिका– १ को बेसिन्दामा आइतबार बिहान गएको पहिरामा परी बेपत्ता हुनेको खोजी शुरु गरिएको छ । पहिरामा ११ जना बेपत्ता भएका...

मुलुक छिर्न नपाएर सिमा नाकामै मृत्यु भएका युवाको परिवारलाई पाँच लाख

जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विभिन्न घटनाका तीन पीडित परिवारलाई पाँच/पाँचलाखको चेक हस्तान्तरण गरेका छन् । लकडाउनका कारण मुलुकमा प्रबेश गर्न नपाई...

सार्टनैको चोलीमा सरोज र आष्मा

काठमाडौं । कार्टुन क्रुका जोडी सरोज अधिकारी र आष्मा विश्वकर्माको फेरि अर्को नयाँ म्युजिक भिडियो आइतबार रिलिज भएको छ । ‘सेल्फी हानौंला’, ‘ट्युसन पढाउँछु’,...

कर्णालीमा कोरोना संक्रमितको संख्या १६६ पुग्यो

वीरेन्द्रनगर । कर्णालीमा दिनप्रतिदिन कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । कर्णालीमा कोरोना संक्रमितको संख्या बढेर १६६ पुगेको छ । कोरोना संक्रमणबाट दैलेखका एक...

सप्तरीका ४० जना सहयोगापेक्षी सडक आश्रित मानवको उद्दार

राजविराज । सप्तरी जिल्लाका १२ महिलासहित ४० जना सहयोगापेक्षी सडक मानवको आइतबार उद्दार गरिएको छ । सडक मानवको राष्ट्रिय उद्दार कार्यक्रम अन्तरगत यहाँ आइपुगेको...

चीनको सीमामा तनाब बढेपछि भारतले बोलायो गोर्खा सैनिक

काठमाडौं । भारत र चीन सीमामा ४५ वर्षपछि पहिलोपटक दुई देशका सैनिकबीचको दोहोरो भिडन्तमा मानवीय क्षति भएको छ । सोमबार राति भएको दुई पक्षबीचको...

रुपन्देहीमा कोरोनाबाट अनमीसहित दुई जनाको मृत्यु

बुटवल । रुपन्देहीमा कोरोना सङ्क्रमणबाट एक अनमीसहित दुई जनाको मृत्यु भएको छ । लुम्बिनी सांस्कृतिक नगरपालिका—१० निवासी ४८ वर्षीया महिलाको भीम अस्पताल भैरहवामा उपचारका...

कोरोना भाइरसले इटालीमा एकै दिन ६८३ को मृत्यु, अमेरिकामा महामारीकै रुपमा फैलियो

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को गम्भीर चपेटामा परेको इटालीमा बुधबार मात्रै ६८३ जनाको मृत्यु भएको छ । योसँगै इटालीमा मृत्यु हुनेको संख्या ७...

कोरोना संक्रमणको जोखिम बढ्याे, विद्यालय बन्द गर्नुपर्छ : अध्यक्ष भण्डारी

काठमाडौं । अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले नेपालमा कोरोना संक्रमणको दोस्रो लहर बढेकोले विद्यालयहरु सञ्चालन गर्न नहुने धारणा राखेका छन् । शुक्रबार रिपोर्टर्स क्लब...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 150 times, 1 visits today)