वाडाङमेट कोप्चे फेष्टिबल

धनकुटा । धनकुटा नगरपालिका–५, स्थित माथिल्लो र तल्लो कोप्चेमा वाडाङमेट तथा कोप्चे फेस्टिबल सुरु भएको छ। धनकुटा नगरपालिकामा मात्रै मुख्य बसोबास रहेको आठपहरिया जातिको वाडाङमेटको अवसरमा कोप्चे फेस्टिबल सुरु भएको हो। फेष्टिबलमा आएका पर्यटकहरुले पहिलो दिन माथिल्लो कोप्चे र तल्लो कोप्चेमा रहेका पुराना घर, मठ मन्दिर, मार्गाथान लगायतका स्थानको अवलोकल गरेका थिए। उनिहरुलाई स्थानियले सोहि ठाउँमा रहेका पुरातात्वीक वस्तु तथा पुराना घरहरुका ’boutमा जानकारी गराएका थिए ।

कोप्चे पुनजागरण अभियान धनकुटाले तल्लो कोप्चेमा गरेको फेस्टिबलमा स्थानिय खानाका परिकार, नेवारी कला संस्कृति झल्काउने नृत्य समेत देखाईएको थियो। यस्तै धनकुटा नगरापालिका क्षेत्रमा बसोवास रहेको आठपहरियको वडाङ्मेट चाडमा पनि पर्यटकहरु अवलोकनका लागि पुगेका थिए। आठपहरियको कला संस्कृति तथा ढोल नाचमा समेत सहभागित रहेको थियो।

धनकुटा नगरपालिका, नेपाल पर्यटन बोर्ड र सामुदायिक घरबास कार्यक्रमले समेत सहयोग गरेको अभियानले नगरको गौरव, संस्कृति र पर्यटन विकासमा नयाँ ऊर्जा र सम्पदा संरक्षण, स्वच्छ वातावरण र दिगो पर्यटन प्रवद्र्धन सहयोग पुर्याउने बताइएको छ । यस्तै विभिन्न मौलिक कला, संस्कृति, संरक्षण र स्थानीय पर्यटन प्रवद्र्धनका गर्ने उदेश्यले धनकुटामा वाडाङमेट कोप्चे फेस्टिवलको अयोजना गरिएको कोप्चे पुनजागरण अभियानका सचिव उज्वल कर्मचार्यले बताए । कातिक २५ गतेसम्म गरि पाँच दिनसम्म सञ्चालन हुने फेष्टिबलामा धनकुटाका पुराना तस्वीरहरुको प्रदर्शनी समेत गरिएको छ।

कुनै समय व्यापारिक केन्द्र रहेको माथिल्लो र तल्लो कोप्चे पछिल्लो केही समय यता सुनसान बन्दै गएकाले चलायमान बनाउन कोप्चे फेष्टिबल लगायतका विभिन्न कार्यक्रमको आयोजना गरीदै आएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 20 times, 1 visits today)

epaper

ताजा समाचार

नेपाल लाइफ इन्स्योरेन्स उपशाखा बिस्तार