सिद्धार्थ बैंक एनपीएलको दोस्रो संस्करणमा पनि एनसेलको सहकार्य

काठमाडौं । एनसेलले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) एवं एनपीएल दोस्रो संस्करणमा पनि नेपाल क्रिकेट संघ (क्यान) सँगको आफ्नो ‘पावर्ड बाई’को साझेदारीलाई निरन्तरता दिएको घोषणा गरेको छ ।

क्रिकेट खेलले सबैलाई जोड्ने भएकाले एनपीएलको दोस्रो संस्करणमा ‘युनाइटेड बाई क्रिकेट, कनेक्टेड बाई एनसेल’ भन्ने थिमसहित सहकार्य गरेको एनसेलले जनाएको छ । आगामी १ मंसिरबाट काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा एनपीएलको दोस्रो संस्करण सुरु हुँदै छ ।

पावर्ड बाई’को साझेदारीलाई निरन्तरता

व्यावसायिक फ्रेन्चाइजमा आधारित टी–ट्वान्टी प्रतियोगिता एनपीएलमा गत वर्ष पनि एनसेल ‘पावर्ड बाई’ साझेदार रहेको थियो । यस प्रतियोगिताले नेपालको प्रदेशगत आआफ्नो स्थानीय र अन्तर्राष्ट्रिय खेलाडीहरूको अद्वितीय संयोजनका साथ क्रिकेट प्रतिभा प्रस्तुत गर्दै छन् ।

एनपीएलसँगको सहकार्य’bout आफ्नो उत्साह व्यक्त गर्दै, एनसेलका चिफ कन्जुमर बिजनेस अफिसर उपंग दत्तले हालैका टी–ट्वान्टी प्रदर्शनले सबै नेपालीलाई गौरवान्वित बनाएको बताए । उनले अहिले क्रिकेट राष्ट्रको सबैभन्दा ठूलो आशा मात्र नभई सबैलाई एकताबद्ध राख्ने खेल पनि भएकाले क्रिकेटको यो भव्य महाउत्सवमा ‘युनाइटेड बाई क्रिकेट, कनेक्टेड बाई एनसेल’ भन्ने थिमसहित ‘पावर्ड बाई’ पार्टनरका रूपमा सहकार्य गर्न पाउँदा निकै खुसी लागेको बताए । एनसेलले आफ्ना ग्राहकका लागि एनसेल एपमार्फत लाइभ एनपीएलका खेलहरू आफू जहाँ भए पनि हेर्न सकिने सुविधा पनि प्रदान गर्ने जनाएको छ ।

कम्पनीका अनुसार यस प्रतियोगिताले नेपालको प्रदेशगत आआफ्नो स्थानीय र अन्तर्राष्ट्रिय खेलाडीहरूको अद्वितीय संयोजनका साथ क्रिकेट प्रतिभा प्रस्तुत गर्दै छन् । एनपीएलले एनसेलको खेलसँगको सम्बन्धलाई प्रतिबिम्बित गर्ने भएकाले यो खेलकुद र देशसँगको अटुट सम्बन्धलाई उजागर गर्ने सो कम्पनीले जनाएको छ । एनसेलको यो साझेदारी केवल नेपालमा खेल प्रतिभा प्रवर्धन गर्नका लागि मात्र सीमित नभई यस्ता प्रतियोगितालाई सफल बनाउने दर्शक र प्रशंसकहरूका लागि पनि भएको कम्पनीले जनाएको छ ।

एनसेलले आफ्ना ग्राहकका लागि एनसेल एपमार्फत लाइभ एनपीएलका खेलहरू जहाँ भए पनि हेर्न सकिने सुविधा पनि प्रदान गर्ने बताएको छ । एक जिम्मेवार कर्पोरेट नागरिकका रूपमा एनसेलले स्थापनाकालदेखि नै नेपालमा खेलकुदको विकास र प्रतिभा विकासमा महŒवपूर्ण योगदान गर्दै आएको
जनाएको छ ।

एनसेलका ग्राहकलाई ११ जीबी डेटा निःशुल्क
एनसेलले आकर्षक ‘११:११ एनसेल एप क्याम्पेन’सञ्चालनमा ल्याएको जनाएको छ । जसअन्तर्गत मंगलबार (आज) ११ नोभेम्बरको दिन एनसेल एपमार्फत २ सय रुपैयाँ वा सोभन्दा बढीको प्याक खरिद गर्ने वा रिचार्ज गर्ने ग्राहकमध्ये ११ जना भाग्यशाली ग्राहकले ११ दिन समयसीमा भएको ११ जीबी डेटा निःशुल्क पाउनेछन् ।

एक दिनका लागि सञ्चालन हुने यो विशेष अफरको उद्देश्य प्रिपेड ग्राहकलाई डेटाले पुरस्कृत गर्नुका साथै विश्वव्यापी ११ः११ ट्रेन्डसँग मेल खाने अनुभव प्रदान गर्नु भएको सो कम्पनीले जनाएको छ ।

‘वान स्टप सेल्फ–केयर एप’का रूपमा चिनिने एनसेल एपमार्फत ग्राहकले विभिन्न भ्वाइस तथा डेटा प्याक खरिद गर्न, अनलाइन रिचार्ज गर्न, मासिक बिल हेर्न, आफ्नो उपयोग गर्न बाँकी सेवा हेर्न, रोमिङसहितका सेवा सक्रिय÷निष्क्रिय गर्न र गिफ्टका रूपमा सेवाका विभिन्न प्याक पठाउन पनि सक्ने कम्पनीले जनाएको छ । ११ः११ चीनबाट सुरु भएको विश्वकै सबैभन्दा ठूलो अनलाइन किनमेल उत्सवका रूपमा विकसित भइसकेको ट्रेन्ड भएको सो कम्पनीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 39 times, 1 visits today)

epaper

ताजा समाचार

नेपाल लाइफ इन्स्योरेन्स उपशाखा बिस्तार