रोम । इटालियन क्लब युभेन्टसले डिफेन्डर म्याथिज डि लिग्टका लागि स्पेनिस क्लब बार्सिलोनाले राखेको ६६ मिलियन पाउन्डको प्रस्ताव अस्वीकार गरेको छ । डि लिग्टलाई बार्सिलोनाले गत सिजन नै अनुबन्धको प्रयास गरे पनि उनी युभेन्टस आएका थिए । बार्सिलोनाले सोही मूल्य राखेर बार्सिलोनाले पुनः युभेन्टसलाई डि लिग्ड लैजाने प्रस्ताव राखेको हो ।
पहिलो सिजन ड लिग्टका लागि सिरी ‘ए’ क्लबको बसाइ सुखद रहन सकेन । उनी लयमै देखिन निकै संघर्ष गर्नुपरेको छ । तर, उनी टुरिनमै जम्ने प्रयासमा हुनेछ । २० वर्षिया डिफेन्डर गर्लफ्रेन्डसहित इटालीमा रहेका छन् । उनी टुरिन क्लबमै लामो समय बिताउन चाहन्छन् ।
इटालीमा लामो समय बस्न उनले तयारीसमेत गरेका छन् । स्पेनिस क्लब बार्सिलोना र युभेन्टसबीच राम्रो सम्बन्ध छ । तर, तत्काल युभेन्टस डि लिग्डलाई स्पेनमा बेच्न चाहँदैन । क्लबका मुख्य फुटबल अधिकारी फाबियो पाराटिसीका अनुसार क्लब डि लिग्टलाई दीर्घकालीन परियोजनाका रूपमा अघि बढाउन चाहन्छ । उनका अनुसार युभेन्टस डि लिग्डलाई यस अवस्थामा बाहिर पठाउने कुनै इच्छा राख्दैन ।






