ओली र देउवालाई जेनजी आन्दोलनमा मार्ने योजना बनाएका थिए: महेश बस्नेत

सिन्धुली । नेकपा एमालेका पोलिटव्युरो सदस्य महेश बस्नेतले अन्तराष्ट्रिय दलालहरुले जेनजी आन्दोलनका नाममा पूर्व प्रधानमन्त्रीहरु केपी ओली र शेर बहादुर देउवालाई भौतिक रुपमा सक्ने (मार्ने) योजना बनाएको बताएका छन् ।

नेकपा एमाले सिन्धुलीले सिन्धुलीमाढीमा शनिबार आयोजना गरेको प्रतिगामी षड्यन्त्र विरुद्ध लोकतन्त्र, संविधान र संसद पुनस्र्थापनाको लागि आयोजना गरिएको ¥यालीपछिको आमसभालाई सम्बोधन गर्दै उनले यस्तो खुलासा गरेका हुन् ।

असोज २ गतेसम्म सेनाको घेरामा रहेका ओलीलाई सामाजिक बहिष्कार गर्ने रणनीति पनि डिस्कडमै बनेको भन्दै उनले केपीलाई गुण्डुमा ल्याएर राखेको बताए । एमालेका केपी ओलीलाई ड्रोन हमला गर्ने, हान्ने, मार्ने, आक्रमण गर्ने योजना र धम्किहरु डिस्कडबाटै फैलाईएको समेत उनले बताए ।

वर्तमान सरकारले सभा, कार्यक्रम नगर, झण्डा प्रयोग नगर्न भन्दै दलहरुलाई प्रतिवन्ध लगाउने, नेताहरुलाई स्थान हद तोक्ने, पासपोर्ट सिज गर्ने लगाएतका गतिविधिले फागुन २१ गतेको निर्वाचन हुन नसक्ने दावी गरे । उनले वर्तमान प्रधानमन्त्री शुशिला कार्की असंवैधानिक प्रधानमन्त्री भएकाले राजिनामा दिन समेत माग गरे ।

उनले भने, ‘संसद विघटन अवैधानिक हो । पूर्व प्रधानान्यायाधिस, न्यायाधिसहरुलाई मानवअधिकार आयोगको अध्यक्ष बाहेक अरु कुनै पदमा जान पाउने संवैधानिक व्यवस्था छैन, त्यसैले शुशिला कार्की असंवैधानिक प्रधानमन्त्री हुन, उनलाई संविधान, प्रतिनिधिसभा र जनताले चिन्दैन,’ उनले भनेका छन्, ‘शुशिला आमै डिस्कडबाट विदेशी दलालको भोट पाएर प्रधानमन्त्री बनेकी छौ, शुशिला आमा राजिनामा देउ ।’

प्रधानमन्त्री कार्कीलाई बस्नेतले बोली चाली हिँडाई केहि पनि जेनजीसँग नमिल्ने भन्दै छोरासँग बेलायत गएर बस्न र आराम गर्न सुझाएका छन् ।

उनले नेपो बेबी भनेर नेताका छोराछोरीको बदनाम गरेर घर जलाउने जेनजीहरुलाई अहिले बनेको सरकारका मन्त्रीहरुका छोराछोरी पनि नेपो वेवी भनेर शुशिला, कुलमान, रामेश्वर खनाल, बालेनहरुको घर जलाउन सक्नुहुन्छ ? भन्दै प्रश्न गरेका छन् ।

सरकारलाई जेनजी आन्दोलनका अपराधिलाई कारवाहि गर्न र व्यक्तिगत सम्पत्तिको क्षतिपूर्ति दिन आग्रह गरे । उनले अपराधिलाई कारवाहि नगरे अपराधिलाई कारवाहि गर्न बाध्य हुने उद्घोष गरेका छन् । उनले त्यसबाट विधिको शासन तलमाथि हुनसक्ने, अराजकता बढ्न सक्ने भन्दै त्यसको जिम्मा शुशिला कार्की, ओम प्रकाश अर्यालले लिनुपर्ने बताए ।

बस्नेतले देशलाई संमृद्ध मुलुक बनाउन बहुराष्ट्रिय कम्पनीलाई करको दायरामा ल्याउनै पर्ने र सोसल मिडियालाई नियमन गर्नैपर्ने बताए । उनले वर्तमान मन्त्रीहरु जगदिश खरेल र ओम प्रकाश अर्यालले समेत बोल्न थालेको बताए ।

उनले जेनजी आन्दोलन हात्ति आयो हात्ति आयो फुस्सा जस्तो भएको बताए । ‘जेनजी आन्दोलनले २०८४ को चुनाव थोरै अघि मात्र स¥यो, केपी ओलीलाई हटाएर ओली भन्दा एक वर्ष जेठी शुशिला आमालाई प्रधानमन्त्री बनाएर मिसयुज गरियो । युवाहरुले आन्दोलनको नाममा गरेको बलिदान खेर गएको बताए । खेर गएको वलिदानलाई फेरी जोगाउने र जेनजी भावनालाई सम्बोधन गर्ने नेकपा एमाले मात्र भएको भन्दै बस्नेतले नयाँ पुस्ताले कुरा बुझ्न आवश्यक रहेको बताए ।

बस्नेतले संसद पुनःस्र्थापना गरेर जेनजी अगुवा सहितको सर्वदलिय सर्वपक्षिय सरकार बनाउने र संविधान संशोधन गरि जेनजीहरुका जायज माग सम्बोधन गर्नुको विकल्प नभएको बताए । उनले नेपाली कांग्रेस र एमालेभित्र साझा सहमति बनाउने प्रयास भएको समेत खुलासा गरेका छन । बस्नेतले नेकपा एमालेले एक चौथाई युवाहरुलाई महाधिवेशनमा प्रतिनिधित्व गराउने तयारी गरेको समेत बताए । उनले युवाहरुलाई कुलमान, बालेन, दुर्गा प्रसाईं जस्ता व्यक्तिहरुसँग बहकिएर नयाँ पार्टी बनाउन आवश्यक नरहेको बताए ।

उनले स्टन्डले देश नचल्ने पनि बताएका छन । स्टण्ड गर्ने सरकारका मन्त्रीहरुको पनि सम्पत्ति छानविन गर्न र एमालेका सबै नेताहरुको सम्पत्ति छानविन गर्न समेत आग्रह गरेका छन ।

एक लाख युवा एकै पटक निकाल्न सक्छौंः बस्नेत
नेकपा एमालेले एक लाख युवा एकै पटक परिचालन गर्ने गरि युथ भोलेन्टिर फोर्स तयार गर्ने भएको छ । मंसिर ५ गते काठमाडौंको माईतिघरमा उक्त फोर्सको औपचारिक घोषणा गरिनेछ ।

सो दिन पाँच हजार युवाहरु काठमान्डौमा उतारेर युथ भोलेन्टिर फोर्स घोषणा गर्ने तयारी गरेको नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले जानकारी दिएका छन् । नेकपा एमाले सिन्धुलीले सिन्धुलीमाढीमा शनिबार आयोजना गरेको प्रतिगामी षड्यन्त्र विरुद्ध लोकतन्त्र, संविधान र संसद पुनस्र्थापनाको ¥याली पछिको आमसभालाई सम्बोधन गर्दै उनले यस्तो जानकारी दिएका हुन ।

देश र जनताको लागि आवश्यक परेका बेला एक लाख युवाहरु एकैपटक परिचालन गर्न सक्ने गरि युथ भोलेन्टिर फोर्स घोषणा गर्ने तयारी भईरहेको उनले बताए ।

‘कम्युनिष्ट पार्टीले आवश्यक परेको बेला युवाहरु निकाल्न सकिएन भने सिंहदरवार बच्दो रहेनछ, संसद भवन बच्दो रहेनछ, राष्ट्रिय सम्पत्ती बच्दो रहेनछ, पार्टी कार्यालय बच्दो रहेनछ, व्यक्तिका घर बच्दोरहेनछ, औधोगिक प्रतिष्ठानहरु बच्दा रहेनछन् त्यसैले अप्ठ्यारोमा परिचालित हुन सक्ने गरि दस्ता तयार गर्दैछौं’ बस्नेतले भने । युथ भोलेन्टिएर फोर्सको संयोजक सिन्धुलीका पुष्प श्रेष्ठको संयोजकत्वमा बन्ने उनले जानकारी दिएका छन् । मंसिर ५ गते पाँच हजार युवाहरुको मार्चपास सहित गर्नेछन् । युथ भोलेन्टिर फोर्सको प्रदेश तहमा युनिफाईड फोर्स, जिल्ला तहमा कोर्डिनेशन फोर्स र पालिका, वडा र टोलमा एक्टिभ कमाण्ड फोर्न हुने छ ।

‘एमालेले अब कहिले सिंहदरवार, संसद भवन, सार्वजनिक सम्पत्ति, व्यक्तिगत सम्पतिहरु, उद्योग धन्दा, पार्टी कायालय, व्यक्तिगत घर जल्न दिने छैन,’ उनले भने ।

बस्नेतले नवयुवाहरुलाई प्राविधिक पुस्ताका रुपमा व्याख्या गर्दै उनीहरुका लागि युथ डिजिटल फोर्स समेत बनाउनले बताए । सबै जनसंगठनका नवयुवालाई परिचालन गर्ने गरि यो दस्ता समेत तयार हुनेछ । यी दुवै संयन्त्रले सामाजिक न्याय, प्राकृतिक विपत्ति, श्रमदान, विरामीहरुको सेवामा लगाएतका काममा खट्ने छ ।

तपाइको प्रतिक्रिया
(Visited 97 times, 1 visits today)

epaper

ताजा समाचार

नेपाल लाइफ इन्स्योरेन्स उपशाखा बिस्तार